काठमाडौँ । इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटको लाइसेन्स नवीकरण गरिएको छ । कम्पनीले ३१ करोड ३८ लाख ३१ हजार २०५ रुपैयाँ बक्यौता तिरेपछि नेपाल दूरसञ्चार प्राधिकरणले उसको लाइसेन्स नवीकरण गरेको हो।
सुबिसुको लाइसेन्स पुस २५ गते ५ वर्षका लागि नवीकरण गरेको प्राधिकरणका अधिकारीहरुले बताएका छन्।सुबिसुले रोयल्टीबापत १७ करोड ४८ लाख ५१ हजार ६१५ रुपैयाँ र ग्रामीण दूरसञ्चार विकास कोषबापत १३ करोड ८९ लाख ७९ हजार ५९० रुपैयाँ बुझाएको छ।
यसअघि गत कात्तिक ३० गते वल्र्डलिंकले २ अर्ब १५ करोड रुपैयाँ बक्यौता बुझाएको थियो।सातवटा आएएसपीले भने अझै बक्यौता तिरेका छैनन्। उनीहरुको नाममा १ अर्ब ३७ करोड रुपैयाँ बक्यौता छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij