Logo

Feb 05 2025 | २०८१, माघ २३गते

Feb 05 2025 | २०८१, माघ २३गते

images

लुम्बिनी प्रदेशको निक्षेप संकलनमा पौने १३ प्रतिशत बढीले वृद्धि, सबै भन्दा बढी रुपन्देही र सबै भन्दा कम रुकुम पूर्वको हिस्सा

लुम्बिनी प्रदेशको निक्षेप संकलनमा पौने १३ प्रतिशत बढीले वृद्धि, सबै भन्दा बढी रुपन्देही र सबै भन्दा कम रुकुम पूर्वको हिस्सा

  • काठमाडौँ । लुम्बिनी प्रदेशको निक्षेप संकलनमा पौने १३ प्रतिशत बढीले वृद्धि भएको छ ।२०८०को असार मसान्तको तुलनामा २०८१को असार मसान्तमा १२.८० प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको लुम्बिनी प्रदेशको आर्थिक गतिविधि अध्ययन प्रतिवेदन २०८०÷८१मा उल्लेख गरिएको छ ।

    images

    उक्त प्रतिवेदन अनुसार सो वृद्धि भई कुल निक्षेप ५ खर्ब ७१ अर्ब ८५ करोड  ५३ लाख रहेको छ । जसमध्ये चल्ती निक्षेप १४.३८ र अन्य निक्षेप ०.३ प्रतिशतले ह्रास भएको छ भने बचत तथा मुद्दती निक्षेप क्रमशः २८.२८ र ६.१८ प्रतिशतले वृद्धि भएको जनाइएको छ । लुम्बिनी प्रदेशको कुल निक्षेपमा सबै भन्दा बढी हिस्सा रुपेन्देहीको र सबै भन्दा कम रुकुम पूर्व जिल्लाको रहेको जनाइएको छ । प्रतिवेदन अनुसार रुपन्देहीको हिस्सा ४३.१९ प्रतिशत रहेको छ भने रुकुम पूर्वको जिल्लाको ०.३१ प्रतिशत रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij