Logo

Feb 05 2025 | २०८१, माघ २३गते

Feb 05 2025 | २०८१, माघ २३गते

images

औद्योगिक र घरायसी गरी दुई थरी खाना पकाउने ग्यास वितरण प्रणालीमा ल्याउँदै सरकार

औद्योगिक र घरायसी गरी दुई थरी खाना पकाउने ग्यास वितरण प्रणालीमा ल्याउँदै सरकार

  • काठमाडौँ । सरकारले औद्योगिक र घरायसी गरी दुई किसिमको खाना पकाउने ग्यास वितरण प्रणालीमा ल्याउन लागेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले खाना पकाउने ग्यासलाई औद्योगिक र घरायसी प्रयोजनमा छुट्याएर फरक मूल्य कायम गर्ने काम माघभित्र कार्यान्वयनमा ल्याउने घोषणा गरेका हुन् ।

    images

    उनका अनुसार हाल सरकारले खाना पकाउने ग्यासमा एकमुष्ट अनुदान बापत वार्षिक ११ अर्ब रुपैयाँ हाराहारी  खर्च भइरहेको छ ।अहिले प्रतिसिलिन्डर ३ सय रुपैयाँ हाराहारी अनुदान दिने गरिएको छ । त्यो अनुदान घरायसी प्रयोजनमा केन्द्रित गरी अनुदानको अनुभूति दिलाउने काम माघ महिना भित्रै गराउने समेत उनले बताए ।

    अनुदान घरायसी प्रयोजनमा मात्र सीमित गर्ने हो भने खर्च ९ अर्ब रुपैयाँले बच्ने देखिएको छ । बरु, घरायसी प्रयोजनमा दिएको अनुदान अझै बढाउन सकिने देखिएको समेत उनले जनाए । यसले आमजनतालाई सहुलियत दिने तयारी रहेको उनले बताए ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij