Logo

Jan 18 2025 | २०८१, माघ ५गते

Jan 18 2025 | २०८१, माघ ५गते

images

चालु आवको पाँच महिनामा ६खर्ब ४० अर्ब रेमिट्यान्स भित्रियो

चालु आवको पाँच महिनामा ६खर्ब ४० अर्ब रेमिट्यान्स भित्रियो

  • काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो पाँच महिना (साउन–मंसिर) मा ६ खर्ब ४० अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ । यो अघिल्लो आर्थिक वर्ष  सोही अवधिको तुलनामा ४.४ प्रतिशतमात्र बढी हो । अघिल्लो वर्ष रेमिट्यान्स आप्रवाह २४.२ प्रतिशतले बढेको थियो ।

    अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह वृद्धि २.५ प्रतिशतमात्र रहेको देखिएको छ । अमेरिकी डलरमा यस वर्ष ४ अर्ब ७३ करोड रेमिट्यान्स भित्रिएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २१.१ प्रतिशत थियो । मंसिरमा १ खर्ब १९ अर्ब रुपैयाँ हाराहारी रेमिट्यास आएको छ ।

     चालु आर्थिक वर्ष वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या भने बढेको छ । समीक्षा अवधिमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या संस्थागत र व्यक्तिगत नयाँ श्रम स्वीकृतितर्फ १ लाख ९० हजार ३ सय ८४ र पुनः श्रम स्वीकृतितर्फ १ लाख ३५ हजार ४ सय २५ छ ।

    यो संख्या अघिल्लो वर्ष मंसिरमा क्रमशः १ लाख ७१ हजार ९ सय ७५ र १ लाख २ हजार ५ सय ४२ थियो । यस अवधिमा खुद ट्रान्सफर ६ खर्ब ९९ अर्ब ३४ करोड पुगेको छ । अघिल्लो वर्ष यसै अवधिमा यस्तो आय ६ खर्ब ६९ अर्ब ७७ करोड थियो ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij