काठमाडौँ । राजस्व अनुसन्धान विभागले अरुण ट्रेडर्स र श्री लोटस इन्टरनेशनललगायतमा छापा हानेको छ । विभागले अरुण गोयल र सुनिल गोयलद्वारा सञ्चालित ती व्यावसायिक फर्महरूमा शुक्रबार छापा हानेको हो । राजस्व अनुसन्धान विभागले नयाँ सडक क्षेत्रकमा रहेका ती कम्पनीहरूमा छापा मारेको हो । अरुण गोयल र सुनिल गोयलद्वारा सञ्चालित अरुण ट्रेडर्स र श्री लोटस इन्टरनेशनलले ठुलो परिमाणमा लाइटर ,तास,ब्रस, इयर बडलगायतको काम गर्दै आएको थियो ।
पछिल्लो समय भारतमा नेपालहुँदै लसुन र अदुवा जान लागेपछि अरुण गोयल र सुनिल गोयलले ठुलो परिमाणमा लसुन ,अदुवा लगायतको समेत आयात गर्दै आएका थिए । राजस्व अनुसन्धान विभागले गत हप्ता ठाउँ ठाउँबाट ठुलो परिमाणमा भेप बरामद गरेपछि त्यही अनुसन्धानको सिलसिलामा अरुण गोयल र सुनिल गोयल एन्ड कम्पनी समेत अनुसन्धानमा तानिएको बताइएको छ ।
विभागले अरुण गोयल र सुनिल गोयलद्वारा सञ्चालित कम्पनीमा छापामारी लाइटरलगायत कागजपत्र नियन्त्रणमा लिएको बताइएको छ । यद्यपि विभागले के कति परिमाणमा लाइटर नियन्त्रणमा लियो भन्ने यकिन हुन सकेको छैन् । विभागले के कति परिमाणमा लाइटर लगायतका मालवस्तु नियन्त्रणमा लियो उक्त कुरा भने अनुसन्धानकै विषय भएकोले बाहिर ल्याएको छैन् । यससम्बन्धमा अरुण गोयल र सुनिल गोयललाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन् । यता विभागले भेपको खोजी ठाउँ ठाउँ तीव्र बनाएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij