काठमाडौँ । सरकार ढल्यो ढल्यो हल्लाको बेला नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूलाई बिहीवार छलफलका लागि बोलाएका छन् । देउवाले आफ्नै निवास बुढानीलकण्ठमा पार्टीबाट सरकारमा सहभागी भएका दश मन्त्री र दुई राज्यमन्त्रीलाई छलफलका लागि बोलाएका हुन् ।
कांग्रेसका तर्फबाट सहभागी गृहमन्त्री रमेश लेखकले सभापति देउवाबाट संसदीय दलको कार्यसमिति र मन्त्रीहरू बीच अन्र्तक्रियाका लागि बैठक बोलाइएको बताएका छन् ।पर्यवेक्षकहरूले सरकार ढल्यो ढल्यो हल्लाको बेला मन्त्रीहरूसँग देउवाले यस्तो छलफलको आयोजना गर्नुलाई विशेष महत्वको भएको बताएका छन् ।
नेकपा माओवादीका अध्यक्ष प्रचण्डले हालै सरकार आफै ढल्छ हामी पहल गर्नै नपर्ने खालका अभिव्यक्ति दिएलगत्तै देउवाले यो बैठकको आह्वान गरेका हुन् ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij