काठमाडौँ । प्रहरीले काठमाडौँंको पेप्सीकोला क्षेत्रबाट रक्तचन्दन बरामद गरेको छ। मंगलबार कोठामा स्टोर गरेको अवस्थामा रक्तचन्दन बरामद गरिएको प्रहरीले जनाएको हो ।
बरामद भएको रक्तचन्दनको तौल ४ सय ६२ किलो रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले सार्वजनिक गरेका छन् ।
प्रहरीले रक्तचन्दन कारोबार गरेको अभियोगमा २ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। नेपाललाई ट्रान्जिट बनाएर चीनतर्फ रक्तचन्द तस्करी हुने गरेको छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij