Logo

Jan 23 2025 | २०८१, माघ १०गते

Jan 23 2025 | २०८१, माघ १०गते

images

राष्ट्रिय कृषि कम्पनीले आईपीओ निष्कासन गर्ने, विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल

राष्ट्रिय कृषि कम्पनीले आईपीओ निष्कासन गर्ने, विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल

  • काठमाडौं । राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । आईपीओ निष्कासन गर्नका लागि कम्पनीले निष्कासन तथा विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरेको छ । सो सम्बन्धमा कम्पनी र क्यापिटलबीच शेयर निष्कासनसम्बन्धी द्विपक्षीय सम्झौता सम्पन्न भएको हो ।

    आइतवार ग्लोबल आइएमई क्यापिटल लिमिटेडको रजिष्टर्ड ९केन्द्रीय० कार्यालय नक्साल, काठमाडौंमा आयोजित एक कार्यक्रममा राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडको तर्फबाट कार्यकारी अध्यक्ष विशाल हुमागाई र ग्लोबल आइएमई क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मन्दिप लुइँटेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । कम्पनीले आईपीओ निष्कासन गर्ने कित्ता भने खुलाएको छैन । आवश्यक प्रक्रिया पूरा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्ड ९सेबोन०मा निवेदन दिएर स्वीकृति पाएपछि मात्रै आईपीओ निष्कासन गर्नेछ । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij