काठमाडौँ । विद्युतीय सवारी साधनको उपयोगमा जोड दिन उपभोक्ताहरूलाई आह्वान गरिएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यस्तो आह्वान गरेका हुन् ।बिहीबार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) को २५ वर्ष पुगेको अवसरमा आयोजित इप्पान इभी ¥यालीमा सहभागी भएका कार्यकारी निर्देशक घिसिङले विद्युतीय सवारी साधनको प्रोमोसन गर्न देशभर चार्जिङ स्टेशन बढाउनुपर्ने बताउँदै यस्तो आहवान गरे ।
उनका अनुसार नेपालमा पछिल्लो समय विद्युतीय सवारी साधनको प्रयोग वृद्धि भएको छ । निजी सवारी साधन मात्रै नभएर अहिले देशभर जाने यात्रुवाहक समेत विद्युतीय सवारी साधनमा परिणत भइरहेको छ । यात्रुवाहक सवारी साधन समेत विद्युतीय वृद्धि हुँदै जानु भनेको ठूलो परिवर्तन भएको छ ।
उनले मुलुकभित्रै विद्युतको माग बढाउने प्राधिकरणको अभियान रहेको भन्दै इप्पानको इभी ¥यालीले अभियानलाई ठूलो सहयोग पुगेको बताए । पछिल्लो समय ७० प्रतिशत विद्युतीय सवारी साधनको खरिदबिक्री भएको बताउँदै उनले विद्युतीय सवारी साधनको प्रोमोशन विद्युतीय सवारी साधन किनेर मात्रै नहुने बताए ।
उनका अनुसार देशभर विद्युतीय सवारी साधनको लागि आवश्यक संरचनाहरु बनाउन जरुरी रहेको छ । विद्युतीय चार्जिङ स्टेशनहरु मुलुकभर बनाउन जरुरी रहेको छ । सरकारले निजी क्षेत्रले ठूलो सहुलियतसहित प्रोत्साहन गरेको छ । ६ सय बढी चार्जिङ स्टेशनहरु निजी क्षेत्रले मात्रै बनाएको छ । ‘इलेक्ट्रिकल भेइकलमा ट्रान्सपोटेसन भएको छ । यो ठूलो परिवर्तन हो । पछिल्लो समय विद्युतीय सवारी साधनमा नेपालभर वृद्धि भएको छ । विद्युतको माग बढाउने अभियान हो । अभियानलाई ठूलो सहयोग पुगेको छ, ।
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले नेपालमा उत्पादित विद्युतलाई मुलुकभित्रै खपत गर्न आवश्यक रहेको बताए । विद्युत उत्पादन वृद्धि भइरहेको भन्दै अध्यक्ष कार्कीले मुलुकभित्रै खपत बढाउन जरुरी रहेको बताए । सबैले विद्युतीय सवारी साधन चढ्ने वातावरण सरकारले बनाउनुपर्नेमा जोड दिँदै अध्यक्ष कार्कीले विद्युतीय सामग्रीहरुको प्रयोग बढाउनुपर्ने आवश्यकता औँल्याए ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij