Logo

Jan 16 2025 | २०८१, माघ ३गते

Jan 16 2025 | २०८१, माघ ३गते

images

गार्डियन माइक्रो लाइफको आईपीओ आइतवार बाँडफाँट हुने

गार्डियन माइक्रो लाइफको आईपीओ आइतवार बाँडफाँट हुने

  • काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ आगामी आइतवार बाँडफाँट हुने भएको छ । यही माघ २ गते प्रि-अलोटमेन्ट सम्पन्न भएको र आइतवार बाँडफाँट गर्ने तयारी गरेको विक्री प्रबन्धक कुमारी क्यापिटले जनाएको छ । 

    कम्पनीको आईपीओ १९ लाख ८ हजार ४३१ जनाले भरेका छन् । सिडिएस एण्ड क्लियरिङका अनुसार अनलाइन प्रणाली मेरो शेयरमार्फत कम्पनीको आईपीओमा आवेदन परेको हो । 

    कम्पनीको आईपीओमा मागभन्दा १३ दशमलव ६६ गुणा बढी आवेदन परेको छ । १८ लाख ४५ हजार कित्ता शेयर सर्वसाधारणका लागि खुलेकोमा २ करोड ५२ लाख ७ हजार ६९० कित्ताका लागि आवेदन परेको थियो । यस आधारमा रू। २ अर्ब ५२ करोडभन्दा बढीको आवेदन परेको हो । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij