Logo

Jan 17 2025 | २०८१, माघ ४गते

Jan 17 2025 | २०८१, माघ ४गते

images

इप्पानद्वारा सरकारले साथ दिए ऊर्जामार्फत् देशको आमूल परिवर्तन गर्न सक्ने प्रतिबद्धता व्यक्त

इप्पानद्वारा सरकारले साथ दिए ऊर्जामार्फत् देशको आमूल परिवर्तन गर्न सक्ने प्रतिबद्धता व्यक्त

  • काठमाडौँ ।निजी क्षेत्रका ऊर्जा उत्पादकहरूले  सरकारले साथ दिए ऊर्जामार्फत देशको आमूल परिवर्तन गर्न सक्ने प्रतिबद्धता व्यक्त गरेका छन् । निजी क्षेत्रका ऊर्जा उत्पादकहरूको छाता संस्था इप्पानका अध्यक्ष गणेश कार्कीले इप्पान स्थापनाको २५औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमको उद्घाटन सत्रमा प्रमुख अतिथि, विशेष अतिथिलगायत सम्र्पूण सहभागीहरूलाई स्वागत गर्दै यस्तो बताएका हुन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा आयोजित उद्घाटन सत्रमा अध्यक्ष कार्कीले भने ‘  प्रधानमन्त्रीज्यू हामीसँग गुनासो मात्र छैन । सपना पनि छ । सरकारले १० बर्षभित्र २८५०० सय मेगावाट उत्पादन पुर्याउने र यसमार्फत आर्थिक समृद्धि हासिल गर्ने सपना पूरा गर्नका लागि हामी लगानी गर्न तयार छौ । निजी क्षेत्रलाई सबै किसिमको वातावरण बनाउने हो भने निजी क्षेत्र एक्लै सो लक्ष्य हासिलका लागि अनुभवी भैसकेको छ । वातावरण बनेमा ठूलो पुँजी संकलन गर्न सक्ने क्षमता पनि निजी क्षेत्रसँग छ । विगत २५ बर्षको अनुभवबाट हामीमा यो आत्मविश्वास जागेको छ । खाली हामी सरकारको साथ खोजिरहेका छौ । सरकारको साथ पाएरै हामी यहाँसम्म आएका हौ, अब विद्येयकदेखि अहिले देखिएका समस्याहरु समाधान भएमा हामी अर्को २५ बर्षमा उत्पादनमा मात्र होइन, प्रसारण, वितरण र व्यापारमा संलग्न भएर ऊर्जामार्फत देशको आमूल परिवर्तन गर्न सक्छौ ।’

    अध्यक्ष कार्कीले भने ‘नेपालको कुल विद्युत उत्पादन क्षमता ३ हजार ५०० मेगावाट पुग्दा निजी क्षेत्रबाट मात्रै २५ वर्षको अवधिमा २७ सय ४० मेगावाट विद्युत उत्पादन भइसकेको छ । यो भनेको कुल उत्पादनमा निजी क्षेत्रको योगदान करिब ८० प्रतिशतभन्दा बढी हो । ४ हजार मेगावाट क्षमताका आयोजना निर्माणाधिन रहँदा ४ हजार ३०० मेगावाट क्षमताका आयोजनाहरु पीपीए सम्पन्न गरेर वित्तिय व्यवस्थापनको पर्खाइमा रहेका छन् । १२ हजार ९६५ मेगावाट क्षमताका आयोजनाहरु अध्ययन सकेर विद्युत खरिद विक्री सम्झौताको पर्खाइमा छन् । यी मध्ये पनि ८० प्रतिशतभन्दा धेरै आयोजना निजी क्षेत्रले नै विकास गरिरहेको छ ।’

    अध्यक्ष कार्कीले मन्त्रिपरिषदबाट हालै स्वीकृत भएको ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना २०८१ बरे धन्यवाद व्यक्त गर्दै भने ‘ स्वतन्त्र ऊर्जा उत्पादकहरुको छाता संस्थाको अध्यक्षको हैसियतमा यो ऐतिहासिक कदमको स्वागत गर्दै यसको नेतृत्वकर्ता सम्माननीय प्रधानमन्त्रीज्यू र ऊर्जा मन्त्रीज्यूलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु ।’

    उनका अनुसार मार्गचित्रले २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने मार्गचित्रमा १३ हजार ५०० मेगावाट विद्युत नेपालमै खपत गर्ने र त्यसबाहेक बढी भएको विद्युत मात्रै छिमेकी मुलुकमा निर्यात गर्ने लक्ष्य राखिएको छ । बढीभन्दा बढी विद्युत स्वदेशमै खपत गर्नको लागि पहल कदमी लिइन्छ ।  विद्युतीय गाडीदेखि विद्युतीय चुल्होसम्मको प्रवद्र्धनमा इप्पान लागिरहेको छ ।विद्युत उत्पादनको लक्ष्य प्राप्त गर्नको लागि ६२ खर्ब रुपैयाँ लगानी चाहिने र त्यो मध्ये ४० खर्ब रुपैयाँ स्वदेशमै रहने हाम्रो प्रक्षेपण छ । वार्षिक ७ लाख रोजगारी सिर्जना हुनेछन् । यसले नेपालको अर्थतन्त्रमा दुरगामी महत्व राख्नेछ ।सरकारले यति राम्रो मार्गचित्र ल्याएपनि यसलाई काट्नेगरी विद्युत विधेयक प्रस्ताव गरिएको छ । अहिलेकै विद्युत विधेयक संसदबाट पारित गरेमा १० वर्षमा होइन अर्को १०० वर्षमा पनि २८ हजार ५०० मेगावाट विद्युत उत्पादन हुन नसक्ने विषयमा अध्यक्ष कार्कीले  प्रधानमन्त्रीको ध्यानाकर्षण गराए ।

    ५०० मेगावाट सम्मका आयोजना बनाइरहेको निजी क्षेत्रलाई १०० मेगावाटका आयोजनामा सिमित गर्ने, सरकारले बिना प्रतिस्पर्धा आयोजना बनाउने र उसले छोडेका आयोजना मात्रै निजी क्षेत्रले बनाउने विद्युत विधेयकमा आएको प्रस्तावले  नेपालको ऊर्जा क्षेत्रमा निजी क्षेत्रलाई ढोका नै बन्द गर्ने त्रास उत्पन्न भएको अध्यक्ष कार्कीले जनाए ।

    अध्यक्ष कार्कीका अनुसार  भरखरै अनुभवी हुँदै गएको निजी क्षेत्रलाई सहजीकरण गर्दै ऊर्जा उत्पादनका लक्ष्यहरु भेटाउनुपर्नेमा निजी क्षेत्रलाई निषेध गरेर त यो लक्ष्य प्राप्त नहुने भएकाले विद्युत विधेयकका असमान दफाहरुमा संशोधन गरेर मात्रै संसदबाट पारित  गर्न पर्नेछ ।

    विद्युत विधेयकमा संसोधन गर्दै २८ हजार ५०० मेगावाट उत्पादनको लक्ष्य प्राप्त गर्न अब तत्कालै पीपीए खुला गर्नुपर्छ । पीपीए नभइ वित्तिय व्यवस्थापन नहुने भएकाले सरकारले पीपीए खुलाइदिनुपर्ने आग्रह पनि अध्यक्ष कार्कीले प्रधानमन्त्रीलाई गरे ।उनले भने ‘ ऊर्जा उत्पादन गरी राष्ट्रको समृद्धिमा योगदान पु¥याउने लक्ष्यका साथ हामी अघि बढेका छौ । यसका लागि ठूलो जोखिम मोलेर लगानी पनि गरिरहेका छौ तर अहिले पनि जलविद्युत प्रवद्र्धकले सरकारका विभिन्न मन्त्रालय र निकायबाट दुःख पाईरहनुभएको छ । एउटा अभिभावकको नाताले प्रधानमन्त्रीज्यू समक्ष मैले यस्ता पीडा यो अनुरोध गर्नैपर्छ । बाढी पहिरोबाट जलविद्युत आयोजनामा अबौको क्षति भयो, भन्सार छुटमा सामान आयात गर्न देउ भन्दा पनि सरकारले कहिले के कहिले के भनेर अल्झाएको अल्झाई मात्र गरिरहेको छ । सरकार भनेको सबैको अभिवभावक हो, दुखमा परेका बेला घाउमा मलम लगाउने अभिभावकको दायित्व हो । हाम्रा दर्जनौ जलविद्युत आयोजनामा गत वर्ष पनि बाढीले क्षति पु¥यायो, यो वर्ष पनि क्षति पु¥यायो । ’ 

    अध्यक्ष कार्कीका अनुसार  निजी क्षेत्रका उत्पादकहरूले २८ प्रतिशत सम्म अतिरिक्त शुल्क तिरेर आयोजना मर्मत गरिरहेका छन् ।  विद्युत ऐन, २०४९ मा रहेको व्यवस्था अनुसार उनीहरूले   सुविधा मागेको हो । प्रधानमन्त्री ओलीको  अघिल्लो कार्यक्रममा स्टील पाता आयात आयात गर्दा लाग्ने भन्सार महशुल १८ प्रतिशत बाट घटाएर ५ प्रतिशत गरिदिएबाट पनि आयोजनामा राहत पुगेको कुरो अध्यक्ष कार्कीले प्रधानमन्त्रीलाई स्मरण गराए ।

    उनले भने ‘ बाढी पहिरो आउँदा निर्माणाधीन आयोजनामा पनि क्षति पुगेको छ । महिनौ सम्म बाटो मर्मत गर्न सकिएन, आधा निर्माण सकिएका संरचना बगे, भारतबाट विष्फोटक पदार्थ आयातमा कडाई भयो, यी बाहिरी कारणले आयोजना निर्माणमा ढिलाई भइरहँदा पनि नेपाल विद्युत प्राधिकरणले आरसीओडीमको म्याद थप गर्न मागिथरहेका छौ, अझै भएको छैन । आन्तरिक देखि अन्तर्राष्ट्रिय कारणले समेत नेपालमा आयोजना निर्माणमा ढिलाई भइरहेकोले एक मुस्ट २ वर्ष आरसीओडीको म्याद थप गर्न सम्माननीय प्रधानमन्त्रीज्यूसमक्ष माग गर्दछौ ।’

    यस्तै इप्पानका अध्यक्ष कार्कीले भने ‘ जलविद्युत आयोजना निर्माणको लागि वन मन्त्रालयसँग ठोकिनै पर्छ । वन मन्त्रालयले अहिले यति धेरै झन्झट थपिदिएको छ कि ३÷४ वर्षसम्म पनि अनुमति पाउनै सकिन्न । अनुमति पाइ हालेमा पनि अहिले वन क्षेत्र प्रयोग गरेवापत तिर्नुपर्ने रकम ३ गुणासम्म बढाइएको छ । अझ विद्युत विकास विभागले अध्ययनका लागि लाइसेन्स दिएर निजी क्षेत्रले धेरै खर्च गरेर अध्ययन गरेपछि फेरि राष्ट्रिय निकुञ्जबाट अनुमति लिनुपर्ने र त्यो अनुमति निकुञ्ज विभागबाट लिनुपर्ने प्रावधानबाट हामी धेरै प्रताडित भएका छौ । ’

    उनले अगाडि भने ‘ लगानी सम्मेलन २०८१ को पुर्व  सन्ध्यामा लगानी सहजीकरणको लागि केही नेपाल ऐन संशोधन विधेक २०८१ मार्फत आध्यादेश बाट राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण ऐन २०२९ संसोधन भएर संसदबाट अनुमोधन भएको थियो ।  यस बाट २२१ वटा जलविधुत आयोजानाका १८००० मेगावाट जलविद्युत उत्पादनको लागि सहज बाताबरण बनेको मा सम्मानित सर्वोच्च अदालत , संवैधानिक इजालसबाट ऐनको संशोधन बदर गरी  अन्योलता  सृजना गरि दिएको छ। ’ 

    खर्बाै लगानी भएका आयोजनाका भाविष्य अन्योलमा पुगेको बताउँदै अध्यक्ष कार्किले भने ‘  पूर्व मेची देखि पश्चिम महाकाली सम्मका पहाडी र हिमाली भाग, जहा हाम्रो आफ्नै क्षामताले जलविद्युत  आयोजना निर्माण गर्न सक्छौ सम्भाव्य छ र उर्जा मन्त्रालयले २०औँ हजार मेगावाटका अनुमति जारी गरेको छ त्यस क्षेत्र निकुञ्ज  र संरक्षण क्षेत्र को नाममा  रोकावट हुन्छ भने हामीले आयोजना कहाँ बनाउने ?यस विषयमा सम्माननीय प्रधानमन्त्री ज्युबाट तत्कालै वैकल्पिक कदमको हामी अपेक्षा गरेका छौ ।’ 

    राष्ट्रिय निकुञ्जबाट अनुमति नदिँदा झण्डै १७ हजार आयोजनाको काम अलपत्र परेको बताउँदै अध्यक्ष कार्कीले  यसमा निजी क्षेत्रका मात्र होइन, सरकारी निकायबाट अघि बढेका आयोजनाहरु पनि रहेको बताए । जलविद्युत आयोजनालाई आइपीओमा जानै पर्ने बाध्यकारी नियम एकातिर छ भने नेटवर्थ पुगेन भनेर आईपीओको अनुमति रोक्ने काम सेबोनबाट भइरहेको बताउँदै अध्यक्ष कार्कीले  विभिन्न संसदीय समितिले अन्य कम्पनीलाई जसरी निर्देशन दिइरहेका छन त्यसले  ऋण लिएर बनाएको आयोजनाले विद्युत उत्पादन गर्ने वित्तिकै  नाफा कमाउन नसक्ने बताए ।  नेटवर्थको कुरा देखाएर स्वदेशी संकलनको बाटो रोकिनु नहुने उनले प्रधानमन्त्रीलाई आग्रह गरे ।

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij