Logo

Apr 21 2025 | २०८२, वैशाख ९गते

Apr 21 2025 | २०८२, वैशाख ९गते

images

६ महिनामा सरकारले तिर्‍यो एक खर्ब बढी सार्वजनिक ऋण

६ महिनामा सरकारले तिर्‍यो एक खर्ब बढी सार्वजनिक ऋण

  • काठमाडौं।चालू आर्थिक वर्षको छ महिनामा १ खर्ब २ अर्ब ३ करोड रुपियाँ ऋण थपिएसँगै कुल सार्वजनिक ऋण २५ खर्ब ३६ अर्ब १३ करोड १४ लाख रुपियाँ पुगेको हो। ६ महिनाको अवधिमा सार्वजनिक ऋणको सावाँ र ब्याज गरेर मात्रै एक खर्ब १६ अर्ब ५८ करोड रुपैयाँ भुक्तानी गरेको छ।

    यस वर्ष सरकारले अझै २ खर्ब २० अर्ब ४५ करोड ७ लाख रुपियाँ साँवा तथा ब्याज भुक्तानी गर्नुपर्ने भाका छ । जसमध्ये आन्तरिकतर्फ १ खर्ब ८१ अर्ब ७५ करोड ९५ लाख बाह्यतर्फ ३१ अर्ब ५१ करोड ७७ लाख रुपियाँ तिर्नुपर्ने रहेको छ ।

    सार्वजनिक ऋणमा भएको वृद्धिको अनुपातमा पुँजीगत खर्चमा भने सुधार हुन सकेको छैन । छ महिनाको अवधिमा पुँजीगत खर्च ५६ अर्ब ९३ करोड ५० लाख रुपियाँ अर्थात् लक्ष्यको १६ दशमलव १६ प्रतिशत भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij