Logo

Feb 06 2025 | २०८१, माघ २४गते

Feb 06 2025 | २०८१, माघ २४गते

images

गुराँस लघुवित्तको खुद नाफा १०० प्रतिशतले बढ्यो

गुराँस लघुवित्तको खुद नाफा १०० प्रतिशतले बढ्यो

  • काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

    images

    उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा शत प्रतिशत अर्थात १०० प्रतिशत वृद्धि भएको छ । कम्पनीले गत आवको दोस्रो त्रैमासमा रू. ७७ लाख २८ हजार नाफा कमाएकोमा चालू आवको सोही अवधिमा बढेर रू. १ करोड ५४ लाख पुगेको हो । चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । 
    सञ्चालन नाफा गत आवमा रू.७९ लाख ७६ हजार रहेकोमा चालू आवमा बढेर रू.२ करोड ४५ लाख पुगेको छ । त्यस्तै खुद ब्याज आम्दानी गत आवमा रू. २ करोड ८९ लाख रहेकोमा चालू आवमा रू. ५ करोड ६४ लाख पुगेको छ । 

    चुक्ता पूँजीकारू. ११ करोड ५८ लाख रहेको कम्पनीले जगेडा कोषमा रू. ४ करोड २६ लाख सञ्चिती गरेको छ । 

    कम्पनीले रू. १ अर्ब ३१ करोड सापटि लिएर,रू. ३६ करोड ८० लाख निक्षेप संकलन गरेर रू. १ अबए ८४ करोड भन्दा बढी कर्जा लगानी गरेको छ । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij