Logo

Jan 19 2025 | २०८१, माघ ६गते

Jan 19 2025 | २०८१, माघ ६गते

images

आन्दोलित निर्माण व्यवसायीहरूले कांग्रेस सभापति देउवालाई बुझाए १४ बुँदे ज्ञापन पत्र

आन्दोलित निर्माण व्यवसायीहरूले कांग्रेस सभापति देउवालाई बुझाए १४ बुँदे ज्ञापन पत्र

  • काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघले सरकारले आन्दोलनको थालनी ज्ञापनपत्रबाट सुरु गरेको छ ।सरकारले निर्माण व्यवसायीहरूको कुरो नसुने पछि आन्दोलनको तयारीमा रहेको नेपाल निर्माण व्यवसायी संघको एक प्रतिनिधिमण्डलले सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई आइतबार ज्ञापन पत्र बुझाएको हो ।

    सिमेन्ट रड लगायत निर्माण सामग्रीमा कालोबजारी गर्दै चर्को मूल्य वृद्धि गरिएको विषयमा सरकारले ध्यान नदिएपछि राष्ट्रिय भेलाको आयोजना गरेर आन्दोलनको घोषणा गरेका निर्माण व्यवसायीहरुको दैलामा पुगेर ज्ञापन पत्र बुभाउन थालेका छन् ।महासंघको टोलीले आइतबार सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटी १४ बुँदे ज्ञापनपत्र बुझाएको छ।

    महासंघका अध्यक्ष रवि सिंहले सिमेन्ट र रड उद्योगीले कालोबजारी गरेको विषयमा सरकार जानकार रहेपनि मूल्य घटाउनका लागि कुनै पहल नगरेकाले बाध्य भएर बुढानीलकण्ठमा आएको बताए।उद्योगीले सिमेन्टको भाउ ६ महिनाको अवधिमा बिनाकारण शतप्रतिशत बढाएका छन्। अभाव सिर्जना गरेर भाउ बढाएको असर निर्माण क्षेत्रमा परेको व्यवसायीहरुको भनाइ छ।

    महासंघका अध्यक्ष सिंहले सिमेन्ट रड लगायत निर्माण सामग्रीमा जथाभावी मूल्यवृद्धिले धान्नै नसकिने गरी लागत बढ्न पुगेको बताए।
    देउवासामु निर्माण सम्पन्न भएका परियोजनाको भुक्तानी दिलाउन, सार्वजनिक खरिद नियमावलीको १३औँ संशोधनमा देखिएको म्याद थप सम्बन्धी कानूनी जटिलता हटाउन, साँवा ब्याज तिर्ने अवधि बढाइदिनका लागि पहल गर्न आग्रह गरेको महासंघले जारी गरेको प्रेस विज्ञप्तिमा जनाएको छ।

    महासंघका अनुसार देउवाले निर्माण उद्योगीका जायज माग पूरा गर्न सक्दो पहल गर्ने विश्वास दिलाएका छन् । महासंघले माग सम्बोधनका लागि सरकारलाई माघ १५ सम्मको अल्टिमेटम दिएको छ। माग पूरा नभए माघ १८ बाट सडकमा उत्रिने महासंघको चेतावनी छ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij