Logo

Jan 19 2025 | २०८१, माघ ६गते

Jan 19 2025 | २०८१, माघ ६गते

images

राजस्व अनुसन्धान विभागको पहिलो ६ महिनामा यस्तो छ प्रगति विवरण , विदेशी विनिमयतर्फ सजाय मागदाबी मात्रै २अर्ब बढी

राजस्व अनुसन्धान विभागको पहिलो ६ महिनामा यस्तो छ प्रगति विवरण , विदेशी विनिमयतर्फ सजाय मागदाबी मात्रै २अर्ब बढी

  • काठमाडौँ । राजस्व अनुसन्धान विभागले उजुरी फछर्यौटमा सैतालिस प्रतिशत बढी भएको जनाएको छ । राजस्व चुहावट सम्बन्धी मुद्दामा ६ महिना र थप ३ महिना गरी  ९महिनाको हद म्याद हुने भएकाले धेरै उजुरीहरू अनुसन्धानकै क्रममा रहेकाले प्रगति विवरण शुरुको अवधिमा न्यून देखिएको जनाउँदै विभागले उजुरी फछर्यौट ४७.७६ प्रतिशत देखिएको जनाएको छ । सोही अवधिमा मुद्दा दायर भएको संख्या २० रहेको छ । बिगो रकम ४२ करोड२८ लाख ७० हजार ७ सय५० र सजाय मागदाबी रकम ४२ करोड २८ लाख ७० हजार ७ सय ५० रुपैयाँ तोकी दायर गरिएका २० मुद्दामा ५५ जनालाई प्रतिवादी बनाइएको विभागले जनाएको छ । राजस्व चुहावटतर्फ दफा १३ क बमोजिम कारबाहीबाट सूचना दर्ता संख्या ५सय २७ रहेका छन् भने माग भएको धरौटी ३३ करोड ९३ लाख ७१ हजार २ सय ८९ रुपैयाँ भएको प्रगति विवरणमा जनाइएको छ । 

    विदेशी विनिमय अपचलन तर्फ उजुरी फछर्यौट प्रतिशत ७.८२ प्रतिशत रहेको र मुद्दा दायर संख्या ३६ रहेको विभागले जनाएको छ । विभागले जनाए अनुसार ६७ करोड ८७ लाख १५हजार २३ रुपैया बिगो र सजाय माग दाबी रकम २ अर्ब ०३करोड ६१लाख ४५ हजार ६९ रुपैयाँ ताकिएको दायर उक्त मुद्दामा ५८ जनालाई प्रतिवादी बनाइएको छ । 

    यसैगरी भिसिटिएस अपचलनमा जरिवाना गरिएको  तर्फ भएको विवरण अनुसार जरिवाना रकम २ करोड ५६ लाख ८ हजार रुपैया रहेको जनाइएको छ । कन्साइन्टमेन्टतर्फ भएको विवरण अनुसार भिसिटिएस प्रयोगकर्ताहरूको संख्या २ लाख ७६ हजार र कन्साइन्टमेन्टको संख्या ५२ लाख ४९ हजार रहेको जनाइएको छ ।


    राजस्व अनुसन्धान विभागले उजुरी फछर्यौटमा सैतालिस प्रतिशत बढी भएको जनाएको छ । राजस्व चुहावट सम्बन्धी मुद्दामा ६ महिना र थप ३ महिना गरी  ९महिनाको हद म्याद हुने भएकाले धेरै उजुरीहरू अनुसन्धानकै क्रममा रहेकाले प्रगति विवरण शुरुको अवधिमा न्यून देखिएको जनाउँदै विभागले उजुरी फछर्यौट ४७.७६ प्रतिशत देखिएको जनाएको छ । सोही अवधिमा मुद्दा दायर भएको संख्या २० रहेको छ । बिगो रकम ४२ करोड२८ लाख ७० हजार ७ सय५० र सजाय मागदाबी रकम ४२ करोड २८ लाख ७० हजार ७ सय ५० रुपैयाँ तोकी दायर गरिएका २० मुद्दामा ५५ जनालाई प्रतिवादी बनाइएको विभागले जनाएको छ । राजस्व चुहावटतर्फ दफा १३ क बमोजिम कारबाहीबाट सूचना दर्ता संख्या ५सय २७ रहेका छन् भने माग भएको धरौटी ३३ करोड ९३ लाख ७१ हजार २ सय ८९ रुपैयाँ भएको प्रगति विवरणमा जनाइएको छ । 
    विदेशी विनिमय अपचलन तर्फ उजुरी फछर्यौट प्रतिशत ७.८२ प्रतिशत रहेको र मुद्दा दायर संख्या ३६ रहेको विभागले जनाएको छ । विभागले जनाए अनुसार ६७ करोड ८७ लाख १५हजार २३ रुपैया बिगो र सजाय माग दाबी रकम २ अर्ब ०३करोड ६१लाख ४५ हजार ६९ रुपैयाँ ताकिएको दायर उक्त मुद्दामा ५८ जनालाई प्रतिवादी बनाइएको छ । 
    यसैगरी भिसिटिएस अपचलनमा जरिवाना गरिएको  तर्फ भएको विवरण अनुसार जरिवाना रकम २ करोड ५६ लाख ८ हजार रुपैया रहेको जनाइएको छ । कन्साइन्टमेन्टतर्फ भएको विवरण अनुसार भिसिटिएस प्रयोगकर्ताहरूको संख्या २ लाख ७६ हजार र कन्साइन्टमेन्टको संख्या ५२ लाख ४९ हजार रहेको जनाइएको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij