Logo

Apr 21 2025 | २०८२, वैशाख ९गते

Apr 21 2025 | २०८२, वैशाख ९गते

images

एनएमबि बैंकले २ अर्ब ३५ लाख ४० हजार खुद नाफा कमायो

एनएमबि बैंकले २ अर्ब ३५ लाख ४० हजार खुद नाफा कमायो

  • काठमाडौं ।पुस मसान्तसम्म एनएमबि बैंकले २ अर्ब ३५ लाख ४० हजार खुद नाफा कमाएको छ । बैंकको नाफा गत आवको यसै अवधिको तुलनामा ४५.६१ प्रतिशतले बढेको हो ।बैंकको ब्याज आम्दानी तथा सञ्चालन आम्दानी बढेपछि सञ्चालन नाफा ५१ प्रतिशतले बढेको छ । साथै इम्पेयरमेन्ट चार्ज समेत उच्चदरले घटेपछि बैंकको नाफामा उच्च सुधार आएको हो । समीक्षा अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज ९५ करोड ७६ लाख रुपैयाँबाट घटेर ३४ करोड ४७ लाख रुपैयाँमा झरेको छ । बैंकको खुद ब्याज आम्दानी १३.७२ प्रतिशत, सञ्चालन आम्दानी १४.२८ प्रतिशतले बढेको छ । तर, बैंकको खराब कर्जा भने बढेको छ । खराब कर्जा २.८६ प्रतिशतबाट ३.९६ प्रतिशत पुगेको छ ।

    नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ८४ पैसा बढेर २१ रुपैयाँ ८२ पैसा पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १६९ रुपैयाँ १० पैसा छ । 
     
     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij