Logo

Feb 05 2025 | २०८१, माघ २३गते

Feb 05 2025 | २०८१, माघ २३गते

images

सानिमा बैंकको खुद नाफा ४.७१ प्रतिशतले बढ्यो

सानिमा बैंकको खुद नाफा ४.७१ प्रतिशतले बढ्यो

  • काठमाडौं । सानिमा बैंक लिमिटेडले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण सोमवार सार्वजनिक गरेको छ ।

    images

    उक्त वित्तीय विवरण अनुसार बैंकको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ४ दशमलव ७१ प्रतिशत वृद्धि भएको छ । बैंकले गत आवमा रू। १ अर्ब १३ करोड नाफा कमाएकोमा चालू आवमा बढेर रू १ अर्ब १९ करोड पुगेको छ । 

    सञ्चालन नाफा सामान्य वृद्धि भएको छ । गत आवमा बैंकको सञ्चालन नाफा रू १ अर्ब ६२ करोड रहेकोमा चालू आवमा रू १ अर्ब ६४ करोड पुगेको छ । त्यस्तै बैंकको खुद ब्याज आम्दानी भने गत आवको तुलनामा चालू आवमा घटेको छ । गत आवमा बैंकको खुद ब्याज आम्दानी रू३ अर्ब १ करोड रहेकोमा चालू आवमा २ अर्ब ८७ करोडमा झरेको छ । 

    नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि वृद्धि भएको छ । गत आवमा बैंकको प्रतिशेयर आम्दानी रू१६ रुपैयाँ ८१ पैसा रहेकोमा चालू आवमा १७ रुपैयाँ ६१ पैसा पुगेको हो । त्यस्तै बैंकको वितरणयोग्य नाफा रू १ अर्ब ७९ करोड रहेको छ । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij