Logo

Feb 05 2025 | २०८१, माघ २३गते

Feb 05 2025 | २०८१, माघ २३गते

images

स्ट्याण्डर्ड चार्टर्ड बैंकले दोस्रो त्रैमाससम्म कमायो १ अर्ब ६४ करोडभन्दा बढी नाफा

स्ट्याण्डर्ड चार्टर्ड बैंकले दोस्रो त्रैमाससम्म कमायो १ अर्ब ६४ करोडभन्दा बढी नाफा

  • काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले चालू आर्थिक वर्ष (आव)को दोस्रो त्रैमाससिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

    images

    उक्त वित्तीय विवरण अनुसार बैंकले दोस्रो त्रैमाससम्ममा रू . १ अर्ब ६४ करोड नाफा कमाएको छ । यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा ४ दशमलव ९६ प्रतिशत कमी हो । सो अवधिमा बैंकले रू. १ अर्ब ७२ करोड नाफा कमाएको थियो ।

    चालू आवमा बैंकको सञ्चालन नाफा र खुद ब्याज आम्दानी घटेकाले नाफा घटेको हो । सञ्चालन नाफा गत वर्षको तुलनामा यस वर्ष ४ दशमलव ९७ प्रतिशत र खुद ब्याज आम्दानी १७ दशमलव ४४ प्रतिशत कमी आएको छ । 

    सञ्चालन नाफा गत वर्ष रू. २ अर्ब ४७ करोड रहेकोमा यस वर्ष रू. २ अर्ब ३४ करोड कायम भएको छ । त्यस्तै खुद ब्याज आम्दानी गत वर्ष रू. २ अर्ब २६ करोड रहेकोमा यस वर्ष रू.२ अर्ब १७ करोडमा झरेको छ । 

    दोस्रो त्रैमाससम्म बैंकको प्रतिशेयर आम्दानी ३२ रुपैयाँ ६७ पैसा, मूल्य आम्दानी अनुपात २० दशमलव ५ गुणा र प्रतिशेयर नेटवर्थ रू. २०२ दशमलव ९७ रहेको छ । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij