Logo

Feb 05 2025 | २०८१, माघ २३गते

Feb 05 2025 | २०८१, माघ २३गते

images

६ महिनासम्ममा नेपालको व्यापार घाटा ७ खर्ब २३ अर्ब , निर्यात ३१.७८ प्रतिशतले बढ्यो

६ महिनासम्ममा नेपालको व्यापार घाटा ७ खर्ब २३ अर्ब , निर्यात ३१.७८ प्रतिशतले बढ्यो

  •  

    images

    काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनासम्ममा नेपालको व्यापार घाटा ७ खर्ब २३ अर्ब ५८ करोड १२ लाख रुपैयाँ बराबर रहेको छ । गत वर्षको यसै अवधिको तुलनामा व्यापार घाटा ४.३८ प्रतिशतले बढेकोे हो । गत वर्षको सोही अवधिमा ६ खर्ब ९३ अर्ब १९ करोड ८४ लाख रुपैयाँ बराबरको व्यापार घाटा भएको थियो ।

    भन्सार विभागले सोमबार सार्वजनिक गरेको पुस मसान्तसम्मको विवरण अनुसार ६ महिनाको अवधिमा नेपालको वैदेशिक व्यापार ९ खर्ब २१ अर्ब १५ करोड ९७ लाख रुपैयाँ बराबरको  भएको छ । गत वर्षको यही अवधिमा ८ खर्ब ४३ अर्ब १३ करोड ४६ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो । वैदेशिक व्यापार ९.२५ प्रतिशतले बढेको हो । 

    चालु आर्थिक वर्षको ६ महिनासम्ममा मुलुकले ८ खर्ब २२ अर्ब ३७ करोड ५ लाख रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ७ खर्ब ६८ अर्ब १६ करोड ६५ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । गत आवको यसै अवधिको तुलनामा चालु आवको पुस महिनासम्म कूल आयात ७.०६ प्रतिशतले बढेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij