काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलद्वारा संसद्को हिउँदे अधिवेशन आह्वान गरिएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलद्वारा यही माघ १८ गते अधिवेशन आह्वान गरिएको हो ।
यसअघि सोमबार मन्त्रिपरिषद् १८ गते बैठकले बोलाउने निर्णय गर्दै अनुमोदनका लागि राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको थियो ।
संसद् अधिवेशन अन्त्य र आह्वान सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने संवैधानिक व्यवस्था अनुरुप संसद अधिवेशन आहवान गरिएको छ ।
वर्षे अधिवेशन गत भदौ ३१ गते अन्त्य भएको थियो । लामो समयदेखि संसद् नचल्दा सरकारको विरोधसमेत भएको थियो । यसबीचमा सरकारले केही अध्यादेशसमेत ल्याएकोमा विपक्षी दलहरूबाट आलोचना गरिएको थियो । साथै संसद बोलाउन माग गरिएको थियो ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij