काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १४ करोड ७६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसै अवधिको तुलनामा ३०.४६ प्रतिशतले कम हो । गत वर्ष यो बैंकले २१ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
यता, बैंकको खुद ब्याज आम्दानी भने ८.३४ प्रतिशतले बढेर ९३ करोड ११ लाख रुपैयाँ कायम भएको छ । यसको सञ्चालन नाफा भने ५०.३७ प्रतिशतले घटेर २३ करोड १३ लाख रुपैयाँमा झरेको छ । यसको वितरणयोग्य नाफा ७ करोड ६४ लाख रुपैयाँ रहेको छ ।
लुम्बिनीको खराब कर्जा दर ३.५५ प्रतिशतबाट बढेर ४.६८ प्रतिशत पुगेको छ । हाल यस बैंकको चुक्ता पुँजी ३ अर्ब ६२ करोड ३६ लाख रुपैयाँ रहेको छ । जगेडा कोषमा २ अर्ब ८७ करोड रुपैयाँ जम्मा रहेको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij