सिरहा।सिरहामा अबैध रूपमा भारत तर्फ लग्दै गरेको करीब २ लाख १ हजार रुपैयाँ बराबरको बाख्रा सशस्त्र प्रहरीले पक्राउ गरेको छ। जिल्लाको भगवानपुर गाउँपालिका-४ स्थित बलान खोलाबाट अबैध रूपमा भारततर्फ लगिँदै गरेको ६७ वटा बाख्रा सोमबार सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो।
प्रस्तावित सीमा सुरक्षा गुल्म इनर्वाबाट खटिएको गस्ती टोलीले भगवानपुर गाउँपालिका-४ स्थित बलान खोलाबाट अबैध रूपमा भारततर्फ लगिँदै गरेको २ लाख १ हजार रुपैया बराबरको ६७ वटा बाख्रा नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ । बाख्रा डोर्याउँदै आएका मानिसहरू प्रहरीलाई हेर्नासाथ फरार भएको सशस्त्र प्रहरीले जनाएको छ। नियन्त्रणमा लिइएका बाख्रा आबश्यक कारवाहीको लागी ठाडी भन्सार कार्यालय इनर्वा पठाइएको छ।