काठमाडौँ ।नेपाल राष्ट्रिय व्यवसायी महासंघको नवनिर्वाचित कार्यसमितिको शपथ तथा पदभार ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।काठमाडौँको कार्की ब्यांकेटमा आयोजित एक कार्यक्रमका बीच नवनिर्वाचित कार्यसमितिको शपथ तथा पदभार ग्रहण कार्यक्रम गरिएको हो ।
नवनिर्वाचित अध्यक्ष, पदाधिकारी तथा सदस्यहरूलाई निर्वाचन समितिले मंगलबार शपथ खुवायो ।
कार्यक्रममा पुरानो कार्यसमितिले नवनिर्वाचित कार्यसमितिलाई पदभार हस्तान्तरण गरेको थियो ।
महासंघको ७ औं साधारण सभा तथा तेस्रो महाधिवेशनबाट पुस २० गते नयाँ कार्यसमिति चयन भएको थियो ।
पदभार तथा शपथ ग्रहण कार्यक्रममा महासंघका नवनिर्वाचित अध्यक्षले उद्योगी व्यवसायीहरूले झेल्नुपरेका कैयन् समस्याको बारेमा चर्चा गरेका थिए ।
कार्यक्रममा वक्ताहरूले उद्योगी व्यवसायीहरूले झेल्नुपरेका समस्याका बारेमा महासंघ दृढ भएर उभिनु पर्नेमा जोड दिएका थिए ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij