काठमाडौँ । ७३औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा सबै भन्सार कार्यालयहरूमा सरसफाइ कार्यक्रम गरिएको छ ।भन्सार दिवसको अवसरमा सम्बन्धित भन्सार एजेन्ट संघ र भन्सार कार्यालय तथा विभिन्न संघसंस्थाहरूद्वारा भन्सार परिसरमा सरसफाइ गरिएको हो ।
काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय परिसरमा भन्सार कार्यालय र नेपाल भन्सार एजेन्ट संघ काठमाडौँलगायत विभिन्न संघसंस्थाहरूको सहभागितामा सरसफाइ कार्यक्रम गरिएको नेपाल भन्सार एजेन्ट संघ काठमाडौँका अध्यक्ष गौतम भट्टले बताए । यस्तै संघका सचिव होमनाथ धमलाले आज गरिएको सरसफाइ कार्यक्रम पूर्णरूपमा सफल भएको बताए ।
यसैगरी बीरगञ्ज भन्सार कार्यालय परिसरमा पनि भन्सार दिवसको अवसरमा सरसफाइकार्यक्रम गरिएको वीरगञ्ज भन्सार एजेन्ट संघका अध्यक्ष राजमान तामाङले बताए । यस्तै सुक्खा बन्दरगाह भन्सार कार्यालय सिर्सियाको भन्सार प्राङ्गणमा पनि सरसफाइ कार्यक्रम गरिएको छ । भैरहवा भन्सार कार्यालय प्राङ्गणमा पनि भन्सार कार्यालय र भन्सार एजेन्ट संघलगायत विभिन्न संघसंस्थाहरूले सरसफाइ कार्यक्रम गरेका छन् ।
यता रसुवा भन्सार कार्यालय प्राङ्गणमा पनि सरसफाइ कार्यक्रम गरिएको रसुवा भन्सार एजेन्ट संघका अध्यक्ष सुरेन्द्रप्रसाद सुवेदीले बताए । विराटनगर भन्सार कार्यालय , नेपालगञ्ज भन्सार कार्यालय, मेची भन्सार कार्यालय, जनकपुर भन्सार कार्यालय, कृष्णनगर भन्सार कार्यालय, कैलालीभन्सार कार्यालयलगायतका भन्सार कार्यालयहरूमा पनि आज कार्यालयका प्राङ्गणमा सरसफाइ कार्यक्रम गरिएको छ ।
७३औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा भोलि रक्तदान तथा आँखा परीक्षण शिविर कार्यक्रम राखिएको छ । यस्तै १२ गते दौड प्रतियोगिता राखिएको छ भने १३ गते भन्सार दिवसको अवसरमा मूल कार्यक्रम राखिएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij