Logo

May 11 2025 | २०८२, वैशाख २९गते

May 11 2025 | २०८२, वैशाख २९गते

images

नेपाल राष्ट्र बैंकद्वारा एक महिनामा पौने पाँच खर्ब बढीको निक्षेप संकलन

नेपाल राष्ट्र बैंकद्वारा एक महिनामा पौने पाँच खर्ब बढीको निक्षेप संकलन

  • काठमाडौँ । नेपाल राष्ट्र बैंकले एक महिनामा वैंकिङ प्रणालीबाट पौने पाँच खर्ब बढी रुपैयाँ निक्षेप संकलन गरेको छ ।पुस ९ गतेदेखि माघ ९ गतेसम्म नेपाल राष्ट्र बैंकले  १२ , १४ र २१ दिन अवधिका लागि  गरी कुल ४खर्ब ९० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गरेको हो ।

    माघ ९ गते ९० अर्ब रुपैयाँको निक्षेप संकलन गरी यो रकम निक्षेप संकलन गरिएको हो ।बैंकिङ प्रणालीमा तरलता अधिक भएपछि निक्षेप संकलनको उपकरण गरी केन्द्रीय बैंकले निक्षेप संकलन गर्दै आएको छ ।विज्ञहरूका अनुसार  बैंकिङ प्रणालीमा कर्जा प्रवाह नहुँदा तरलता बढ्ने गरेको छ । 

    पुस ९ गते ४० अर्ब , पुस १४ गत ७० अर्ब, पुस १७ गते ४० अर्ब,  पुस २१ गते ५० अर्ब , पुस २४ गते ८० अर्ब , पुस २८ गते ४० अर्ब,  माघ २ गते ४० अर्ब , माघ ६ गते ६० अर्ब र माघ ९ गते ९० अर्ब निक्षेप संकलन गरेको राष्ट्र बैंकले जारी गरेका सूचनाहरूमा देखिएन्छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij