Logo

Nov 10 2025 | २०८२, कात्तिक २४गते

Nov 10 2025 | २०८२, कात्तिक २४गते

images

प्रभु ग्रुप्स अन्तर्गतको प्रभु स्टील्स एण्ड हाईड्रो इन्भेष्टमेण्ट कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने

प्रभु ग्रुप्स अन्तर्गतको प्रभु स्टील्स एण्ड हाईड्रो इन्भेष्टमेण्ट कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने

  • काठमाडौं । प्रभु ग्रुप्स अन्तर्गतको प्रभु स्टील्स एण्ड हाईड्रो इन्भेष्टमेण्ट कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको छ । यही माघ ६ गतेसम्म कायम संस्थापक शेयरधनीहरूको लागि १:१ (विद्यमान १ कित्ता शेयर बराबर नयाँ १ कित्ता शेयर) को अनुपातमा प्रतिशेयर रू. ५० अंकित मूल्यको शेयर यही माघ २४ गतेबाट निष्कासन गरिन लागिएको हो । 

    कम्पनीले एक सूचना प्रकाशित गरी यसबारे आफ्ना शेयरधनीहरूलाई जानकारी दिएको छ । कम्पनीमा प्रभु केबलकार एण्ड टुरिजम लिमिटेड, प्रभु होल्डिङस् एण्ड हाईड्रो डेभलपमेन्ट कम्पनी लिमिटेड र हाईड्रो होल्डिङस् एण्ड पावर डेभलपमेन्ट कम्पनी लिमिटेडको मुख्य लगानी छ । कम्पनीले दोस्रो बजारमा समेत ठूलो लगानी गरेको छ ।

    ठूला परियोजनामा लगानी गरी मुलकको विकास गर्ने कम्पनीको मुख्य उद्देश्य छ । कम्पनीले जलविद्युत, कृषि, पर्यटन, विभिन्न उत्पादनमुलक उद्योग र साहसिक पर्यटनमा लगानी गरिरहेको छ ।

    हाईड्रोपावरको विभिन्न संरचनामा चाहिने उपकरण आयात गरी भण्डारण गर्ने र जलविद्युत कम्पनीलाई उपलब्ध गराउने उद्देश्यले कम्पनीले पर्सा जिल्लाको वीरगंज महानगरपालिका वडा नं। ३१ मा गत आर्थिक वर्षमा तीन बिगाहा जमिनसमेत खरीद गरेको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij