Logo

Jan 22 2025 | २०८१, माघ ९गते

Jan 22 2025 | २०८१, माघ ९गते

images

जेजु एयर दुर्घटनापछि दक्षिण कोरियाले विमानस्थलको कङ्क्रिट संरचनालाई परिवर्तन गर्ने

जेजु एयर दुर्घटनापछि दक्षिण कोरियाले विमानस्थलको कङ्क्रिट संरचनालाई परिवर्तन गर्ने

  • सियोल । दक्षिण कोरियाली अधिकारीहरूले जेजु एयर दुर्घटनापछि देशका केही विमानस्थलमा उडाको निगरानी र नियन्त्रणका लागि बनाइएका कङ्क्रिटका अवरोधहरूलाई परिवर्तन गर्ने बताएका छन् ।

    गत डिसेम्बर २९ मा थाइल्याण्डबाट दक्षिणपश्चिमको मुआनका लागि उडेको बोइङ ७३७–८०० विमान मुआन विमानस्थलमा अवतरण गर्ने क्रममा नेभेगेसनका लागि बनाइएको कङ्क्रिटको संरचनामा ठोक्किएर दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनापछि यस्ता कङ्क्रिटका संरचनालाई भूमिगत बनाउने वा स्टिल वा अन्य निर्माण सामग्रीको प्रयोग गर्नुपर्ने बहस चलेको थियो । 

    यो दक्षिण कोरियाली भूमिमा अहिलेसम्मकै सबैभन्दा खराब हवाई दुर्घटना थियो । दुर्घटनामा १७९ जनाको मृत्यु भएको थियो भने दुई जनालाई घाइते अवस्थामा उद्धार गरिएको थियो ।   

    दक्षिण कोरियाली र अमेरिकी अनुसन्धानकर्ताहरूले अझै पनि दुर्घटनाको कारणबारे अनुसन्धान गरिरहेका छन् ।

    अनुसन्धानका क्रममा ध्यान धेरै सम्भावित कारणहरूमा केन्द्रित गरिएको छ । विमानहरूलाई उनीहरूको अवतरणमा नेभिगेट गर्न मद्दत गर्न प्रयोग गरिने ‘कङ्िक्रट अवरोध’ पनि दुर्घटनाका लागि जिम्मेवार ठहर गरिएको छ ।
     
    भूमि मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “विशेष सुरक्षा निरीक्षणले देशभरका सातवटा विमानस्थलमा ‘लोकलाइजर’ कोसुधार आवश्यक रहेको देखाएको छ ।”

    मन्त्रालयले लोकप्रिय पर्यटक आकर्षण र राजधानी सियोलको सेवा गर्ने इन्चोनपछि देशको दोस्रो सबैभन्दा ठूलो विमानस्थल मुआनकोेजु अन्तर्राष्ट्रिय विमानस्थलसहितका सात वटा विमानस्थलमा  ‘लोकलाईजर’ र अन्य संरचना सुधारका लागि आवश्यक रहेको भनी समावेश गरेको छ । 

    यी संरचना सुधारका लागि जगहरू भूमिगत स्थानान्तरण गर्ने र तिनीहरूलाई हल्का इस्पातका संरचनाहरूसँग प्रतिस्थापन गर्ने” सुझाब दिइएको छ । 

    मन्त्रालयले भनेको छ, “मुआन अन्तर्राष्ट्रिय विमानस्थलको विद्यमान कङ्क्रिटको ढिस्कोपूर्ण रूपमा हटाइनेछ र ‘लोकलाइजर’ लाई सजिलै तोडिन योग्य संरचनाहरू प्रयोग गरेर पुनः स्थापना गरिनेछ ।”

    यातायात मन्त्री पार्क साङ–वूले भन्नुभयो, “यो उपायले तत्काल ध्यान दिनुपर्ने कार्यहरूलाई प्राथमिकता दिएको छ।”

    उहाँले भन्नुभयो, “हामी थप अनुसन्धान र समीक्षाको माध्यमबाट चरासँग ठोकिने अवरोध ९बर्ड स्ट्राइक० रोकथाम सुधारका उपायहरू र उड्डयन सुरक्षा नवीनता योजना स्थापना गर्ने योजना बनाइरहेका छौँ ।”

    दुर्घटनाको क्षणमा पाइलटले पहिलो अवतरण प्रयासबाट बाहिर निस्कनु अघि चरासँग ठोक्किनसक्ने चेतावनी दिएका थिए। दोस्रो प्रयासमा ल्यान्डिङ गियर ननिस्केपछि विमान दुर्घटनाग्रस्त भएको थियो ।

    दक्षिण कोरियाली सञ्चार माध्यमका अनुसार दुवै इन्जिनमा प्वाँख फेला परेको छ र चराको आक्रमणलाई दुर्घटनाको एउटा सम्भावित कारणको रूपमा अनुसन्धान गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij