काठमाडौं । साहस उर्जा लिमिटेडको २८ लाख कित्ता र सगरमाथा जलविद्युत कम्पनीको ५ लाख ३२ हजार कित्ता गरेर कुल ३३ लाख ३२ हजार कित्ता बोनस शेयर सूचीकृत भएको हो । अव यी बोनस शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा आएपछि कारोबार गर्न सक्नेछन् ।
सगरमाथा जलविद्युत कम्पनीले मङ्सिर १४ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारीत ४ दशमलव ७५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।
त्यस्तै साहस उर्जाले कात्तिक ४ गते सम्पन्न वार्षिक साधारण सभाले पारित ८ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij