काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज माघ ९ बुधबार । यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...
मञ्जुश्री फाइनान्सको खुद नाफा ११.०१ प्रतिशतले बढ्यो
काठमाडौं । मञ्जुश्री फाइनान्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ११ करोड ७० लाख रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको भन्दा ११।०१ प्रतिशत धेरै हो । गत वर्षको यसैअवधिमा कम्पनीले ७ करोड १० लाख ५४ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढ्दा यसको खुद मुनाफा पनि बढेको हो । यस अवधिसम्म मञ्जुश्रीको खुद ब्याज आम्दानी ६.६१ प्रतिशत र सञ्चालन नाफा ३७.५९ प्रतिशतले बढेको छ । हाल यसले चुक्ता पुँजी १ अर्ब ३५ करोड १५ लाख रुपैयाँ रहेको छ भने रिजर्भमा ७४ करोड ३८ लाख रुपैयाँ जम्मा छ ।
वर्तमान सरकार कुनै पनि बहानामा सरकार ढल्दैन : अर्थमन्त्री पौडेल
गण्डकी । उपप्रधान तथा अर्थमन्त्री एवं नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले वर्तमान सरकार कुनै पनि बहानामा नढल्ने स्पष्ट पार्नुभएको छ ।
नेकपा (एमाले)कास्कीद्वारा आज पोखरामा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले सरकार टिकाउने मात्रै कर्तव्य नभई यसलाई सफल र परिणाममुखी बनाउनु आजको मुख्य जिम्मेवारी भएको बताउनुभयो ।
मुलुकमा बढेको अस्थिरता र व्यथितिको अन्त्यगरी राष्ट्र र जनताका पक्षमा परिणाममुखी काम गर्ने लक्ष्यका सरकार अघि बढेको बताउँदै उहाँले विषम परिस्थितिमा नेपाली कांग्रेस र एमालेबीच सात बुँदे सहमतिका साथ गठबन्धन भएको स्पष्ट पार्नुभयो ।
यो सरकारप्रति नागरिकले गरेको आशा र भरोसालाई छिटोछरितो पूरा गर्न अध्यादेश ल्याएको बताउँदै उहाँले संसद्बाट अध्यादेश पारित हुने विश्वास व्यक्त गर्नुभयो । सरकार सुशासन र विकासप्रति प्रतिबद्ध भएको बताउँदै अर्थमन्त्री पौडेलले जनताका अपेक्षालाई सम्बोधन गर्नेगरी सरकार अघि बढिरहेको बताउनुभयो ।
१५ बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत राष्ट्र बैंकको कारवाहीमा
काठमाडौं । नेपाल राष्ट्र बैंकले १५ वटा बैंक–वित्तीय संस्थालाई कारवाही गरेको छ । आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासमा राष्ट्र बैंकको सुपरिवेक्षण विभागले नियामकीय निर्देशन पालना नगरेको पाइएपछि ७ विकास बैंक र ८ फाइनान्स कम्पनीका प्रमुख कार्यकारी अधिकृतलाई कारवाही स्वरुप सचेत गराएको छ ।
राष्ट्र बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागले पुनरकर्जा, व्यावसायिक निरन्तरता कर्जा र सहुलियतपूर्ण कर्जा सदुपयोग नभएको भन्दै १५ संस्थाका प्रमुख कार्यकारी अधिकृतलाई कारवाही स्वरुप सचेत गराएको जनाएको छ ।
राष्ट्र बैंकको सुपरिवेक्षण विभागका अनुसार लुम्बिनी विकास बैंक, महालक्ष्मी विकास बैंक, कामना सेवा विकास बैंक, मुक्तिनाथ विकास बैंक, सालपा विकास बैंक, गरिमा विकास बैंक र सप्तकोशी डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृतलाई कारवाही स्वरुप सचेत गराएको छ ।
साहस उर्जा र सगरमाथा जलविद्युतको ३३ लाख ३२ हजार कित्ता बोनस शेयर सूचीकृत
काठमाडौं । साहस उर्जा लिमिटेडको २८ लाख कित्ता र सगरमाथा जलविद्युत कम्पनीको ५ लाख ३२ हजार कित्ता गरेर कुल ३३ लाख ३२ हजार कित्ता बोनस शेयर सूचीकृत भएको हो । अव यी बोनस शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा आएपछि कारोबार गर्न सक्नेछन् ।
सगरमाथा जलविद्युत कम्पनीले मङ्सिर १४ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारीत ४ दशमलव ७५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।
यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका १५ निर्णयहरू(सूचीसहित)
काठमाडौं । सरकारले एसियाली विकास बैंकको बैकल्पिक कार्यकारी निर्देशक पदमा नियुत्तीका लागि नेपालको तर्फबाट अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाललाई मनोनयन गरेको छ । सोमाबरको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले एसियाली विकास बैंकको बैकल्पिक कार्यकारी निर्देशक पदमा नियुत्तीका लागि नेपालको तर्फबाट अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाललाई मनोनयन गरेको जानकारी दिए ।
जेजु एयर दुर्घटनापछि दक्षिण कोरियाले विमानस्थलको कङ्क्रिट संरचनालाई परिवर्तन गर्ने
सियोल । दक्षिण कोरियाली अधिकारीहरूले जेजु एयर दुर्घटनापछि देशका केही विमानस्थलमा उडाको निगरानी र नियन्त्रणका लागि बनाइएका कङ्क्रिटका अवरोधहरूलाई परिवर्तन गर्ने बताएका छन् ।
गत डिसेम्बर २९ मा थाइल्याण्डबाट दक्षिणपश्चिमको मुआनका लागि उडेको बोइङ ७३७–८०० विमान मुआन विमानस्थलमा अवतरण गर्ने क्रममा नेभेगेसनका लागि बनाइएको कङ्क्रिटको संरचनामा ठोक्किएर दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनापछि यस्ता कङ्क्रिटका संरचनालाई भूमिगत बनाउने वा स्टिल वा अन्य निर्माण सामग्रीको प्रयोग गर्नुपर्ने बहस चलेको थियो ।
यो दक्षिण कोरियाली भूमिमा अहिलेसम्मकै सबैभन्दा
प्रभु ग्रुप्स अन्तर्गतको प्रभु स्टील्स एण्ड हाईड्रो इन्भेष्टमेण्ट कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने
काठमाडौं । प्रभु ग्रुप्स अन्तर्गतको प्रभु स्टील्स एण्ड हाईड्रो इन्भेष्टमेण्ट कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको छ । यही माघ ६ गतेसम्म कायम संस्थापक शेयरधनीहरूको लागि १:१ (विद्यमान १ कित्ता शेयर बराबर नयाँ १ कित्ता शेयर) को अनुपातमा प्रतिशेयर रू. ५० अंकित मूल्यको शेयर यही माघ २४ गतेबाट निष्कासन गरिन लागिएको हो ।
कम्पनीले एक सूचना प्रकाशित गरी यसबारे आफ्ना शेयरधनीहरूलाई जानकारी दिएको छ । कम्पनीमा प्रभु केबलकार एण्ड टुरिजम लिमिटेड, प्रभु होल्डिङस् एण्ड हाईड्रो डेभलपमेन्ट कम्पनी लिमिटेड र हाईड्रो होल्डिङस् एण्ड पावर डेभलपमेन्ट कम्पनी लिमिटेडको मुख्य लगानी छ । कम्पनीले दोस्रो बजारमा समेत ठूलो लगानी गरेको छ ।
कामना सेवा विकास बैंकलाई अग्राधिकार शेयर जारी गर्ने अनुमति
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडलाई अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्न नेपाल राष्ट्र बैंकले अनुमति दिएको छ । यस्तो अग्राधिकार शेयर मूलतस् बैंक तथा वित्तीय संस्थाहरूले पूँजी उठाउन जारी गर्छन् । निश्चित लाभांश दिने प्रतिज्ञा गरेर यस्तो शेयर जारी गरिन्छ र भुक्तानी नगरेको लाभांश पछिल्ला वर्षहरूमा जोडिँदैन ।
अन्य खालको अग्राधिकार शेयर बैंक तथा वित्तीय संस्थाहरूले यसअघि पनि जारी गर्दै आएका थिए । नेपाल राष्ट्र बैंकले गत असारमा आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्न सक्ने व्यवस्था गरेको थियो । बैंक तथा वित्तीय संस्थाको पूँजीकोष वृद्धि गर्न सहयोग गर्ने हेतुले यो व्यवस्था गरिएको हो ।
शेयर बजार :आज नेप्से परिसूचक ५२.३६ बिन्दुले बढेर २६६५.४५मा , कारोबार सवा ९ अर्ब बढी
काठमाडौँ । आज बुधबार नेप्से परिसूचक ५२.३६ बिन्दुले बढेर २६६५.४५मा पुगेको छ । कुल कारोबार ९ अर्ब २० करोड ३० लाख ८८ हजार ३सय ४९ रुपैया ६८ पैसा बराबर भएको हो । आज १ करोड ७६ लाख ९२ हजार ८ सय १९ कित्ता शेयरको खरिद बिक्री भयो ।
आईएमएफसँग नेपालले थप साढे ५ अर्ब लिन पाउने सम्झौता
काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोषसँग नेपालले थप साढे पाँच अर्ब लिन पाउने सम्झौता भएको छ । नेपाल सरकार र अन्तर्राष्ट्रिय मुद्राकोषबीच विस्तारित कर्जा सुविधा (ईसीएफ)अन्तर्गत हुने आर्थिक सुधारको पाँचौं समीक्षामा कर्मचारीस्तरमा यो सहमति भएको हो । यससँगै नेपालले आईएमएफसँग लिएको ऋणको पाँचौं किस्ताबापतको ४ करोड ६ लाख अमेरिकी डलर तदनुरुप करिब ५ अर्ब ६० करोड रुपैयाँ निकाल्न पाउने भएको छ ।
कर्मचारीस्तरमा भएको यो सहमति आईएमएफको कार्यकारी बोर्डले स्वीकृत गरेपछि लागू हुनेछ । नेपालले प्रतिबद्धता गरेअनुरुप देशका १० ठूला बैंकको ऋण पोर्टफोलियो समीक्षा सुरु गर्न महत्वपूर्ण कदम चाल्नुका साथै आर्थिक सुधारको गतिलाई कायम गरेको अवस्थामा मात्रै आईएमएफको कार्यकारी बोर्डले ईसीएफको समीक्षालाई निष्कर्षमा लैजाने जनाइएको छ ।२४ पुसदेखि ६ माघसम्म सारवत जहाँको नेतृत्वको आईएमएफको टोलीले नेपालको भ्रमण गरेको थियो । टीमले नेपालको अधिकारीहरुसँगको छलफलपछि समीक्षामा कर्मचारीस्तरमा सहमति भएको जनाएको हो ।
सीजी मोटर्सद्वारा नेपालमा आयन भीको औपचारिक रूपमा सार्वजनिक
कठमाडौँ । नेपालको विद्युतीय सवारी साधनको प्रमुख वितरक सीजी मोटर्सले अन्तर्राष्ट्रिय रुपमा प्रख्यात आयन भीको औपचारिक रूपमा सार्वजनिक कार्यक्रम सम्पन्न गरेको छ । यस कार्यक्रमले नेपालमा यातायातको बढ्दो मागलाई पूरा गर्दै सीजी मोटर्सको उच्च प्रविधियुक्त, वातावरणमैत्री सवारी साधनहरूको पोर्टफोलियो विस्तार गर्ने दिशामा महत्वपूर्ण योगदान दिएको छ । माघ ८ गते काठमाडौंको हायात रेजेन्सीमा आयोजित विशेष कार्यक्रममा आयनको नेपालमा सवारी साधनहरूको श्रृंखलामा नयाँ नाम थपेको छ।
उद्घाटन कार्यक्रममा चौधरी समूहका प्रबन्धक निर्देशक निर्वाण कुमार चौधरीले उद्घाटन गरे ।
समितिद्वारा तरकारी र फलफूलको मूल्य निर्धारण
काठमाडौँ।कालिमाटी फलफूल तरकारी विकास समितिले आज (बुधबार)का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकेजी रु २०, गोलभेँडा सानो (तराई) प्रतिकेजी रु ३५, आलु रातो प्रतिकेजी रु ४७, आलु रातो (भारतीय) प्रतिकेजी रु ४०, प्याज सुकेको (भारतीय) प्रतिकेजी रु ७०, गाजर (लोकल) प्रतिकेजी रु ६०, गाजर (तराई) प्रतिकेजी रु ४०, बन्दा (लोकल) प्रतिकेजी रु २५, बन्दा (तराई) प्रतिकेजी रु २०, बन्दा (नरिवल) प्रतिकेजी रु १५, काउली स्थानीय प्रतिकेजी रु १५, स्थानीय काउली (ज्यापु) प्रतिकेजी रु २५, काउली (तराई) प्रतिकेजी रु १५, मूला रातो प्रतिकेजी रु ३०, मूला सेतो (लोकल) प्रतिकेजी रु २५, सेतो मूला (हाइब्रिड) प्रतिकेजी रु ३०, भन्टा लाम्चो प्रतिकेजी रु ४०, भन्टा डल्लो प्रतिकेजी रु ५० कायम भएको छ । यसैगरी, मकै बोडी प्रतिकेजी रु ७०, मटरकोसा प्रतिकेजी रु ६०, घिउ सिमी (लोकल) प्रतिकेजी रु ७०, घिउ सिमी (हाइब्रिड) प्रतिकेजी रु ७०, घिउ सिमी (राजमा) प्रतिकेजी रु ६०, टाटे सिमी प्रतिकेजी रु ५०, तिते करेला प्रतिकेजी रु १००, लौका प्रतिकेजी रु ६०, परवर (तराई) प्रतिकेजी रु १००, फर्सी पाकेको प्रतिकेजी रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकेजी रु १५, हरियो फर्सी (डल्लो) प्रतिकेजी रु १५, सलगम प्रतिकेजी रु १००, भिण्डी प्रतिकेजी रु १२०, सखरखण्ड प्रतिकेजी ७०, बरेला प्रतिकेजी रु ४०, पिँडालु प्रतिकेजी रु ९०, स्कूस प्रतिकेजी रु ६०, रायो साग प्रतिकेजी रु १५, पालुङ्गो साग प्रतिकेजी ४०, चमसुरको साग रु ४०, तोरीको साग प्रतिकेजी रु ३०, मेथीको साग प्रतिकेजी रु ४०, प्याज हरियो प्रतिकेजी रु ४०, बकुला प्रतिकेजी रु ६०, तरुल प्रतिकेजी रु ८०, च्याउ (कन्य) प्रतिकेजी रु ९०, च्याउ (डल्ले) प्रतिकेजी रु २९० निर्धारण गरिएको छ । ब्रोकाउली प्रतिकेजी रु ३०, चुकुन्दर प्रतिकेजी रु ७०, रातो बन्दा प्रतिकेजी रु ६०, जिरीको साग प्रतिकेजी रु ७०, ग्याठ कोबी प्रतिकेजी रु ९०, सेलरी प्रतिकेजी रु ४००, पार्सले प्रतिकेजी रु ८००, सौफको साग प्रतिकेजी रु ८०, पुदिना प्रतिकेजी रु ४००, गान्टे मूला प्रतिकेजी रु ८०, इमली प्रतिकेजी रु १६०, तामा प्रतिकेजी रु १००, तोफु प्रतिकेजी रु १२०, गुन्द्रुक प्रतिकेजी रु ३०० तोकेकोे छ । समितिले स्याउ (झोले) प्रतिकेजी रु २६०, स्याउ (फूजी) प्रतिकेजी रु ३००, केरा (दर्जन) रु १७०, कागती प्रतिकेजी रु १६०, अनार प्रतिकेजी रु ४००, अङ्गुर (हरियो) प्रतिकेजी रु २४०, अङ्गुर (कालो) प्रतिकेजी रु ३८०, सुन्तला (नेपाली) प्रतिकेजी रु १२०, सुन्तला (भारतीय) प्रतिकेजी रु १००, काँक्रो (लोकल) प्रतिकेजी रु १२०, काक्रो (हाइब्रिड) प्रतिकेजी रु ७०, निबुवा प्रतिकेजी रु ५०, नासपाती (चाइनिज) प्रतिकेजी रु २४०, मेवा (नेपाली) प्रतिकेजी रु ५०, मेवा (भारतीय) प्रतिकेजी रु १००, अम्बा प्रतिकेजी रु १२०, लप्सी प्रतिकेजी रु ५०, स्ट्रबेरी (भुइऐसेलु) प्रतिकेजी रु ५००, किबी प्रतिकेजी रु २५०, आभोकाडो प्रतिकेजी रु २५०, अमला प्रतिकेजी रु ७० निर्धारण गरिएको छ । यसैगरी, अदुवा प्रतिकेजी रु १२०, खुर्सानी सुकेको प्रतिकेजी रु ४००, खुर्सानी हरियो प्रतिकेजी रु ८०, खुर्सानी हरियो (बुलेट) प्रतिकेजी रु ८०, खुर्सानी हरियो (माछे) प्रतिकेजी रु ६०, खुर्सानी हरियो (अकबरे) प्रतिकेजी रु ३००, भेडे खुर्सानी प्रतिकेजी रु ८०, लसुन हरियो प्रतिकेजी रु १००, हरियो धनिया प्रतिकेजी रु ३०, लसुन सुकेको चाइनिज प्रतिकेजी रु ३००, लसुन सुकेको नेपाली प्रतिकेजी रु ३००, छ्यापी सुकेको प्रतिकेजी रु १६०, छ्यापी हरियो प्रतिकेजी रु २५०, ताजा माछा (रहु) प्रतिकेजी रु ३५०, ताजा माछा (बचुवा) प्रतिकेजी रु २६०, ताजा माछा (छडी) प्रतिकेजी रु २६०, ताजा माछा (मुङ्गरी) प्रतिकेजी रु ४५०, रुख टमाटर प्रतिकेजी १५०, राजा च्याउ प्रतिकेजी रु ३०० र सिताके च्याउ प्रतिकेजी रु ८०० तोकेको छ ।
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य आज पनि बढेको छ । युरो, युके पाउन्ड स्ट्रलिङ, स्वीस फ्र्याङ्क, अष्ट्रेलियन डलर, जापानी येन, चिनियाँ युआन, कतारी रियाल, थाई भाट, मलेसियन रिङ्गेट, साउथ कोरियन वन, स्वीडिस क्रोनर, डेनिस क्रोनर, कुवेती दिनार, बहराइन दिनार, ओमनी रियालको मूल्य अघिल्लो दिनको तुलनामा बढेको छ । यस्तै, केही विदेशी मुद्राको भाउ भने अघिल्लो दिनको तुलनामा स्थिर छ । राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ८३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४३ रुपैयाँ ०६ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ६८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ६९ रुपैयाँ १५ पैसा र बिक्रीदर एक सय ६९ रुपैयाँ ८९ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ ७० पैसा र बिक्रीदर एक सय ५२ रुपैयाँ ३६ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ९४ पैसा र बिक्रीदर ८६ रुपैयाँ ३२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ७१ पैसा र बिक्रीदर ९५ रुपैयाँ १२ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक रुपैयाँ ६१ पैसा र बिक्रीदर एक सय ०२ रुपैयाँ ०५ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर आठ रुपैयाँ ८६ पैसा र बिक्री दर आठ रुपैयाँ ९० पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९८ पैसा र बिक्रीदर १९ रुपैयाँ ०६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३७ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३८ रुपैयाँ ०८ पैसा कायम भएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij