काठमाडौं । इलेक्ट्रो पावर कम्पनी लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ । माघ ९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आईपीओ निष्कासन गर्ने प्रस्तावसहित फागुन १ गते विशेष साधारण सभा गर्ने निर्णय गरेको हो ।
विशेष साधारण सभा कम्पनीको केन्द्रीय कार्यालय ज्ञानेश्वर, काठमाडौंमा बिहान ११ बजे हुनेछ । सभाले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्दै त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि गर्नेछ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij