Logo

May 11 2025 | २०८२, वैशाख २९गते

May 11 2025 | २०८२, वैशाख २९गते

images

विकास हाइड्रोपावरले ९ लाखभन्दा बढी सेयर निष्काशन गर्दै , आवेदन जेठ ६ बाट सुरु

विकास हाइड्रोपावरले ९ लाखभन्दा बढी सेयर निष्काशन गर्दै , आवेदन जेठ ६ बाट सुरु

  • काठमाडौं । विकास हाइड्रोपावर कम्पनी लिमिटेडले आयोजना प्रभावित स्थानीय बासिन्दा र विदेशमा रोजगारी गरिरहेका नेपालीहरुलाई लक्षित गरी साधारण सेयर (आइपीओ) जारी गर्न लागेको छ। कम्पनीले आगामी जेठ ६ गतेदेखि आवेदन प्रक्रिया सुरु गर्ने जानकारी गराएको छ।

    कम्पनीले ९१ करोड ९१ लाख रुपैयाँभन्दा बढीको जारी पुँजीमध्ये स्थानीय बासिन्दाका लागि ९ करोड ९ लाख रुपैयाँ बराबरको सेयर निष्कासन गर्ने योजना बनाएको छ। यसअनुसार १०० रुपैयाँ अंकित मूल्यमा ९ लाख ९ हजार कित्ता सेयर जारी गरिनेछ।

    निष्कासन गरिने सेयरमध्ये अति प्रभावित क्षेत्रका रूपमा चिनिएका गोरखा जिल्लाको धार्चे गाउँपालिकाको वडा नम्बर ४ र ५ मा स्थायी बसोबास गर्ने बासिन्दाका लागि करिब ३ लाख ६३ हजार कित्ता सेयर छुट्याइएको छ। त्यसैगरी वडा नम्बर १, २, ३, ६ र ७ मा बसोबास गर्ने अन्य प्रभावित क्षेत्रका लागि ५ लाख ४५ हजार कित्ता सेयर बाँडफाँड गरिनेछ।

    कम्पनीले सर्वसाधारणमा निष्कासन हुने सेयरमध्ये १० प्रतिशत हिस्सा विदेशमा कार्यरत नेपाली कामदारहरूका लागि छुट्याएको छ। कुल ३ करोड ५४ लाख रुपैयाँ बराबरको ३ लाख ५४ हजार कित्ता सेयरमा उनीहरूले आवेदन दिन सक्नेछन्। दुबै समूहका लगानीकर्ताहरूले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ।

    स्थानीय बासिन्दाले आइपीओमा जेठ २० गतेसम्म आवेदन दिन सक्नेछन् भने सो अवधिमा पूरै सेयर नबाँडिएमा असार ४ गतेसम्म आवेदन अवधि थपिनेछ। तर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि भने आवेदन दिने अन्तिम म्याद जेठ २० गतेसम्म कायम गरिएको छ।

    सेयर निष्कासन तथा बिक्री व्यवस्थापनको जिम्मा प्रभु क्यापिटल लिमिटेडलाई दिइएको छ। आवेदन दिनका लागि आयोजना कार्यालय, प्रभु क्यापिटलको कार्यालय कमलादी, हिमालयन बैंकको धार्चे शाखा र प्रभु बैंकको आरुपात शाखाबाट सेवा लिन सकिनेछ। साथै प्रभु क्यापिटलले निर्माण गरेको अनलाइन प्रणालीबाट पनि आवेदन दिन सकिने सुविधा रहेको छ। आवेदन फारम लिनका लागि आयोजना प्रभावित क्षेत्रका बासिन्दाले दुई रुपैयाँ शुल्क बुझाउनु पर्नेछ।

    विदेशमा रहेका नेपालीहरुले सी–आस्वा सेवा उपलब्ध गराउने बैंक तथा वित्तीय संस्था वा मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन्। कम्पनीले पाएको ‘इक्रा एनपी इस्यूअर ट्रिपल बी माइनस’ रेटिङले यसको वित्तीय दायित्व बहन गर्ने क्षमता औसत रहेको देखाउँछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij