काठमाडौँँ । राष्ट्रिय वाणिज्य बैंकलाई पुँजीको पुनर्सँरचना (क्यापिटल रिस्ट्रक्चर) गर्न नियामक प्रमुखद्वारा सुझाव दिइएको छ ।नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्रिय वाणिज्य बैंकको ६०औँ वार्षिकोत्सव कार्यक्रममा यस्तो सुझाव दिएका हुन् ।व्यवस्थापनलाई पुँजीको आकार परिवर्तन (क्यापिटल रिस्ट्रक्चर ) गर्ने गरी अघि बढे राष्ट्र बैंक र सरकारले सहयोग गर्ने बताउँदै गभर्नर अधिकारीले बैंकको पुँजी कम भएको बताए ।
उनका अनुसार सरकारी बैंकहरुलाई विगतमा रिफर्म गरि क्यापिटलाइज गरेपछि निकै राम्रो भएका छन्। कर्जा लगानी कल्चर होस वा कर्मचारीको मानसिकता हेर्दा होस्, व्यापक सुधार भएको छ देखिन्छ । यो सुधारलाइ निरन्तरता दिनु पर्छ। केही तथ्यांकले त्यसलाई देखाएको छ। यसअघि जुन गतिमा भइरहेको बैंकको (बिजनेस ग्रोथ) व्यवसाय वृद्धि रोकिन नहुने बताउँदै गभर्नर अधिकारीले आर्थिक गतिविधि कम भएको बेलामा कुनै संस्थाहरुको अवस्थामा तलमाथि हुनुलाई स्वभाविकरुपमा लिनुपर्ने पनि बताए ।
उनका अनुसार बैंक तथा वित्तीय संस्थाहरुमा आउने उतावचढाव सामान्य हो। आर्थिक गतिविधि कम भएको बेलामा कुनै संस्थाहरुको अवस्थामा तलमाथि हुनुलाई स्वभाविक रुपमा लिनुपर्छ । नेट एनपीए नराम्रो स्थितिमा छैन। त्यसकारण सामान्य उतावचढावलाई लिएर संस्थाहरु डुब्न लागे भन्ने अफवाह मात्रै हो ।बैंक तथा वित्तीय संस्थाहरु संस्थागत सुशासनको कमी भएर समस्या परे त्यसलाई राष्ट्र बैंकले कारवाही गर्ने निकाय राष्ट्र बैंक हो ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij