Logo

May 10 2025 | २०८२, वैशाख २८गते

May 10 2025 | २०८२, वैशाख २८गते

images

सरकारले अध्यादेशबाट अर्थतन्त्रको दबाब हटाउन खोजेको अर्थमन्त्री पौडेलको भनाइ

सरकारले अध्यादेशबाट अर्थतन्त्रको दबाब हटाउन खोजेको अर्थमन्त्री पौडेलको भनाइ

  • काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अझ अर्थतन्त्र दबाबमा रहेको बताएका छन् ।लामो समयदेखि दबाबमा रहेको अर्थतन्त्रले अझै पनि सकस सामना गरिरहेको बताउँदै उनले गरिएका प्रयासका बाबजुद अर्थतन्त्र अझ दबाबमा रहेको बताएका हुन् । राष्ट्रिय वाणिज्य बैंकको ६०औँ वार्षिकोत्सव कार्यक्रमका प्रमुख अतिथिको रूपमा बोल्दै मन्त्री पौडेलले अर्थतन्त्रबारे कार्यक्रममा उठेका सवालबारे यस्तो बताए ।

    उनका अनुसार सरकारले अर्थतन्त्रको  दबाब थिचोलेर अगाडि बढिरहेको छ ।  दबाब कम गर्न  केही सफलता पनि मिलेको छ । तर सरकार आफै सन्तुष्ट हुन सकिरहेको छैन् । त्यसैले सबैले  कामको रफ्तार अझै बढाउनु पर्ने आवश्यकता छ ।अर्थतन्त्र सुधारका लागि बैंकहरुको भूमिका पनि महत्वपूर्ण हुने बताउँदै मन्त्री पौडेले उत्पादन र रोजगारी सिर्जना हुने क्षेत्रमा लगानी गरेर देशको अर्थतन्त्रमा तरलता उपयोग गर्नुपर्ने सुझाव दिए ।

    त्यतिकै दिन बिताएर बस्ने अवस्था छैन । छोटो अवधिमा दूरगामी प्रभाव पार्ने काम सरकारले  गरिरहहेको छ । त्यसका केही संकेत पनि देखिएको छ ।अर्थमन्त्री पौडेलले यो बीचमा सरकारले २९ वटा ऐनलाई संशोधन गरेको छ । त्यसलाई अध्यादेशको रूपमा  ल्याएको बताउँदै संसद चलेपछि त्यसलाई अनुमोदन गरेर कार्यान्वयन गरिने विश्वास मन्त्री पौडेलले दिलाए । राष्ट्रिय वाणिज्य बैंकले अन्य बैंकको तुलनामा थप उपलब्धि हासिल गर्न सफल भएको उनको भनाइ थियो ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij