काठमाडौं । नेपाल माइक्रो इन्सुरेन्सले वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री खुला गरेको आइपीओमा १० करोड ९९ लाख ५९ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज बिहान १०ः०६ बजेसम्म ३४ हजार ४६० जनाले १० लाख ९९ हजार ५९० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा ४.८८ गुणा बढी आवेदन हो । नेपाल माइक्रो इन्सुरेन्स लिमिटेडले माघ ८ गतेदेखि २ लाख २५ हजार कित्ता आइपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीलाई खुला गरेको हो ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij