काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबारका लागि तय भएका राजधानी बाहिरका सबै प्रत्यक्ष कार्यक्रम खारेज गरेका छन् ।स्वास्थ्यमा समस्या आएकाले प्रधानमन्त्री ओलीले ती कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्ने भएका हुन् । दुई दिनदेखि स्वास्थ्यमा समस्या भएर आराम गरिरहेका प्रधानमन्त्री ओली चिकित्सकको सल्लाह बमोजिम उपत्यका बाहिरको यात्रा नगरी भर्चुअल कार्यक्रम तय गरेका छन् ।
शुक्रबार प्रधानमन्त्री ओलीका चार वटा कार्यक्रम तय भएका छन् ।बिहान सवा ११ बजे पाल्पाको पाल्पाको बगनासकाली गाउँपालिका भवन र तिनाउ गाउँपालिकाको दोभानमा नवनिर्मित प्रशासकीय भवन उद्घाटन कार्यक्रम राखिएको थियो । उक्त कार्यक्रममा प्रधानमन्त्री ओली भर्चुअल माध्यमबाट आफ्नो उपस्थिति जनाइसकेका छन् ।
यसैगरी राष्ट्रिय गौरवको आयोजना सिद्धबाबा सुरुङमार्गको ब्रेक थ्रु कार्यक्रम पनि प्रधानमन्त्रीले भर्चुअल माध्यमबाटै गर्ने भएका छन् ।भर्चुअल उद्घाटनका लागि सबै तयारी पूरा भइसकेको प्रधानमन्त्रीको सचिवालय स्रोतले जानकारी सार्वजनिक गरेको छ ।कुल एक हजार एक सय २६ मिटर लामो सुरुङमा मुख्य सुरुङको खन्न बाँकी रहेको साढे एक मिटर भाग आज छिचोलिने आयोजनाका प्रमुख कृष्णराज अधिकारी जानकारी दिए ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij