
काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले वैदेशिक राजगारीमा गएका नेपालीहरुका लागि निष्कासन गरेको आईपीओमा माग भन्दा ४ दशमलव ८८ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार कम्पनीको आईपीओमा १० करोड ९९ लाख ५९ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । आज अर्थात (माघ ११ गते) बिहान १०ः०६ बजेसम्म ३४ हजार ४६० जनाले १० लाख ९९ हजार ५९० कित्ताका लागि आवेदन दिएका छन् ।
कम्पनीले माघ ८ गतेदेखि २ लाख २५ हजार कित्ता आइपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीलाई खुला गरेको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीले यसमा माघ २२ गतेसम्म आवेदन दिन सक्नेछन् ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij