Logo

Feb 05 2025 | २०८१, माघ २३गते

Feb 05 2025 | २०८१, माघ २३गते

images

राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट थप ४० अर्ब रुपैयाँ तान्दै

राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट थप ४० अर्ब रुपैयाँ तान्दै

  •  

    images

    काठमाडौं ।राष्ट्र बैंकले माघ १३ गते आज बैंकिङ प्रणालीबाट थप ४० अर्ब रुपैयाँ तान्ने भएको छ । राष्ट्र बैंकले २१ दिने निक्षेप संकलन उपकरणबाट रकम झिक्न लागेको हो । यस अघि पुस २१ गते केन्द्रीय बैंकले ५० अर्ब खिच्ने क्रममा बैंकहरुले बुझाएको ४३ अर्ब ८५ करोड आजै परिपक्क हुने भएकाले पनि थप ४० अर्ब रकम खिच्न लागेको हो । अन्तर बैंकदर ३ प्रतिशत भन्दा तल झर्न नदिन राष्ट्र बैंकले नियमित रुपमा तरलता प्रशोचन गर्दै आएको छ । 

    केन्द्रीय बैंकले आज जारी गरेको निक्षेप संकलन उपकरणको दिउँसो २ बजे अनलाइन बोलकबोल हुने जनाएको छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् । 

    निक्षेप संकलनको बोलकबोल बहुब्याजदरमा पनि गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । यसको सावाँ तथा ब्याज भुक्तानी आगामी फागुन ४ गते हुनेछ । बोलकबोलबाट यसको ब्याज निर्धारण हुनेछ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij