Logo

Feb 05 2025 | २०८१, माघ २३गते

Feb 05 2025 | २०८१, माघ २३गते

images

विद्युत् प्राधिकरणले महसुल नतिर्ने १३ सय ६८ जना ग्राहकको लाइन काट्यो

विद्युत् प्राधिकरणले महसुल नतिर्ने १३ सय ६८ जना ग्राहकको लाइन काट्यो

  •  

    images

    चितवन । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले एक हजार तीन सय ६८ जना ग्राहकको लाइन काटेको छ । समयमा विद्युत् महसुल नबुझाउने उनीहरुको लाइन गत साउनयता काटिएको हो ।

    कार्यालयका प्रमुख ईन्जिनियर रामु श्रेष्ठकाअनुसार साउनदेखि पुस मसान्तसम्म महसुल नतिर्ने उनीहरुको लाइन काटिएको हो । यस अवधिमा एक हजार चार सय ५६ जनाले बक्यौता रकम तिरेका छन् । उनीहरुबाट दुई करोड ८२ लाख २१ हजार नौ सय १६ रुपैयाँ राजस्व संकलन भएको छ । 

    प्रमुख श्रेष्ठका अनुसार एक हजार ६ सय ६८ जना ग्राहकबाट  चार करोड १३ लाख ९५ हजार पाँच सय ६७ बक्यौता उठाउन बाँकी थियो । वितरण केन्द्रले पुस मसान्तसम्म दुई सय ८१ जना ग्राहकलाई कालोसूचीमा राखेको छ । 

    उनीहरुबाट एक करोड पाँच लाख ४६ हजार एक सय ८८ बक्यौता उठाउन बाँकी छ । वितरण केन्द्र प्रमुख श्रेष्ठले भने “नेपाल विद्युत् प्राधिकरणको प्रचलित विनियम अनुसार ६ महिनासम्म महसुल नबुझाएका ग्राहकलाई कालोसूचीमा राख्ने प्रावधान छ ।”

    भरतपुर वितरण केन्द्रमा मासिक महसुल बुझाउने ग्राहकमध्ये ६२ प्रतिशतले अहिले अनलाइनबाट महसुल बुझाउने गरेका छन् । यस केन्द्रमा हाल ७२ हजार बढी ग्राहक छन् ।

    रासस

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij