Logo

Nov 09 2025 | २०८२, कात्तिक २३गते

Nov 09 2025 | २०८२, कात्तिक २३गते

images
  • समाचार
    • अर्थ-राजनीति
      विश्व
      मनाेरञ्जन
      साहित्य
      खेलकुद
      शिक्षा/स्वास्थ्य
      जनशक्ति
      जीवनशैली
      विकास
      पत्रपत्रिकाबाट
  • बैंक/वित्त
    • बिमा
      सहकारी
      विविध
  • सेयर
  • उद्योग / वाणिज्य
    • पर्यटन
      कृषि
      सेवा
      सूचना प्रविधि
  • भन्सार/राजश्व
    बजार
    एनआरएनए
    नयाँसडक विशेष
  • विचार
    • अन्तर्वार्ता
      सम्पादकीय
  • प्रदेश
    • कोशी प्रदेश
      मधेश प्रदेश
      बागमती प्रदेश
      गण्डकी प्रदेश
      लुम्बिनी प्रदेश
      कर्णाली प्रदेश
      सुदुरपश्चिम प्रदेश
  • नयाँसडक TV
    EN
    • Nov 09 2025 | २०८२, कात्तिक २३गते

    आज विश्व सिमसार दिवस

    आज विश्व सिमसार दिवस

    • नयाँ सडक
    • आइतबार, माघ २० २०८१
  • 8.9k
    Shares
  • 8.9k
    Shares
  • आज विश्व सिमसार दिवस
    काठमाडौँ । ‘हाम्रो साझा भविष्यका लागि सीमसार क्षेत्रको संरक्षण’ नाराका साथ आज विश्व सिमसार दिवस मनाइँदै छ । तीव्रगतिमा भइरहेको सिमसार क्षेत्रको ह्रास रोक्नका लागि जनचेतना बढाउने तथा सिमसार क्षेत्रको संरक्षण र पुनःस्थापनाको प्रवर्द्धन गर्ने उद्देश्यले यो दिवस मनाइँदै आइएको छ । संयुक्त राष्ट्रसङ्घले सन्् २०२१ अगष्ट ३० मा प्रत्येक वर्षको फेब्रुअरी २ मा विश्वभर सिमसार दिवस मनाउने निर्णय गरेको थियो । सन् १९७१ मा क्यास्पियन समुद्रको किनारमा रहेको इरानको सहर रामसारमा आयोजित अन्तर्र्राष्ट्रिय महत्वको सिमसारसम्बन्धी महासन्धिको अङ्गीकार गरिएको दिनको सम्झनामा दिवस मनाउन लागिएको हो । संरक्षित क्षेत्रहरूको घोषणा, प्रभावकारी नीतिको कार्यान्वयन र ज्ञान आदानप्रदानमार्फत उक्त महासन्धिले राष्ट्रहरूलाई आफ्ना जलाधार क्षेत्रहरूको संरक्षण र दिगो उपयोगका लागि आवश्यक कदम उठाउन सक्षम बनाउने उद्देश्यले दिवस मनाइने गरिएको छ । कुल एक सय ७२ राष्ट्रले अङ्गीकार गरेको यस महासन्धिमा सहभागी हुने देशले अन्तर्राष्ट्रिय महत्वका सिमसार क्षेत्रको सूची (रामसार क्षेत्र)मा कम्तीमा एउटा जलाधार समावेश गर्नैपर्ने नियम छ ।
    हाल नेपालको कोशी टप्पु वन्यजन्तु आरक्ष, राराताल, माईपोखरी, फोक्सुण्डो ताल, बिसहजारी ताल, घोडाघोडी ताल, गोसाइँकुण्ड ताल, गोक्यो ताल, जगदीशपुर जलासय र पोखरा उपत्यका तथा त्यस क्षेत्रका नौवटा तालको समूह रामसार सूचीमा समावेश छन् । सिमसार क्षेत्र भन्नाले प्र्राकृृतिक अथवा कृृत्रिम रुपले सृजना भई स्थायी वा अस्थायी रूपमा पानीले ढाकेको, पानी बग्ने वा झरनाका रूपमा खसेर बनेको दलदल, धाप, जरुवा क्षेत्र वा नुनिलो तथा क्षारयुक्त पानी रहेको ठाउँ वा भूभोगलाई बुझिन्छ । नेपालको राष्ट्रिय सिमसार नीति, २०६९ अनुसार सिमसार भनेको पानी जमेको वा बगेको, स्थायी वा अस्थायी, प्राकृतिक वा कृत्रिम रूपमा बनेको दलदल क्षेत्र हो । नेपाल एक पर्वतीय देश भएको र यहाँ जल, जमिन, जङ्गल, वनस्पति एवं खनिज पदार्थजस्ता प्राकृतिक स्रोतहरूको अपार भण्डार रहेको छ । नेपालको कुल क्षेत्रफलमध्ये आठ लाख १९ हजार दुई सय ७७ हेक्टर (करिब पाँच प्रतिशत) सिमसार क्षेत्रले ओगटेको छ । नेपालका तराई, पहाड र हिमाली क्षेत्रहरूमा अन्तर्राष्ट्रिय महत्व बोकेका सिमसार क्षेत्र रहेका छन् । ---

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    ताजा अपडेट
    • १

      राष्ट्रपति पौडेलबाट ‘एनटिभी वर्ल्ड’ को शुभारम्भ
    • २

      आइतबार सुनको मूल्य बढेर २ लाख ३८ हजार ६०० रुपैयाँ   कायम
    • ३

      ‘बर्फानी बाबा’ मन्दिर पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै
    • ४

      फेवातालस्थित तालाराही मन्दिर पुनर्निर्माण अन्तिम चरणमा
    • ५

      त्रासमा रहेका उद्योगी व्यवसायीलाई सरकारले दिलायो सुरक्षा सुव्यवस्थाको विश्वास
    सम्पर्क

    अनुसन्धानात्मक प्रकाशन समूह प्रा. लि.
    काठमाण्डौ नेपाल
    फोन नम्बर: ०१-४२३९५५०
    इमेल : [email protected]
    [email protected]
    सुचना विभाग दर्ता नम्बर: ४९९ / ०७४-७५

    हाम्रो टिम

    सम्पादक : ज्ञान प्रसाद पौडेल
    प्रबन्ध निर्देशक: रत्नमणि दाहाल
    अमेरिका: पूर्ण सिंह बराईली

    समाचारदाता: एस.एम. पौडेल
    के.पि. पौडेल
    देव गौतम

    महत्वपूर्ण लिंकहरु
    • Terms & conditions
    • Privacy policy
    • हाम्रो बारेमा
    • सम्पर्क
    • युनिकोड
    सोसल मिडिया

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij

    सर्च खोज्नुहोस्

    Logo
    • गृहपृष्ठ
    • समाचार
      • अर्थ-राजनीति
      • विश्व
      • मनाेरञ्जन
      • साहित्य
      • खेलकुद
      • शिक्षा/स्वास्थ्य
      • जनशक्ति
      • जीवनशैली
      • विकास
      • पत्रपत्रिकाबाट
    • बैंक/वित्त
      • बिमा
      • सहकारी
      • विविध
    • सेयर
    • उद्योग / वाणिज्य
      • पर्यटन
      • कृषि
      • सेवा
      • सूचना प्रविधि
    • भन्सार/राजश्व
    • बजार
    • एनआरएनए
    • नयाँसडक विशेष
    • विचार
      • अन्तर्वार्ता
      • सम्पादकीय
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    English
    नयाँसडक TV