काठमाडौँ । आज नेप्से परिसूचकमा ६९.८० अंकले बढेर२७२७.५८ बिन्दुमा आएको छ । आज १२ अर्ब ९५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सबै समूहका सूचक बढेका छन् । माइक्रोफाइनान्स समूहमा सबैभन्दा बढी तेजी आएको छ ।
९ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् ।
यस दिन ३३० कम्पनीको २ करोड ४८ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । करिब ४२ करोड रुपैयाँसहित एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट लिमिटेड अग्रस्थानमा रहेको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः सप्तकोशी डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंक परेका छन् ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij