Logo

May 10 2025 | २०८२, वैशाख २८गते

May 10 2025 | २०८२, वैशाख २८गते

images

पहिलो ६ महिनामा विदेशी विनिमय सञ्चिति १६ अर्ब ८४ करोड

पहिलो ६ महिनामा विदेशी विनिमय सञ्चिति १६ अर्ब ८४ करोड

  • काठमाडौँ ।नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार विदेशी विनिमय सञ्चिति १६ अर्ब ८४ करोड रहेको जनाएको छ । राष्ट्र र्बैकले वार्षिक मुद्रास्फिती  वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित ५.४१ प्रतिशत दर्शाएको छ । आयात ७.१ प्रतिशतले बढेको छ भने निर्यात ३१.८ प्रतिशतले बढेको छ । विप्रेषण आप्रवाह  नेपाली रुपैयाँमा  ४.१ प्रतिशतले र अमेरिकी डलरमा १.१ प्रतिशतले बढेको छ ।

    शोधनान्तरस्थिति २४९ अर्ब २६ करोड बचतमा रहेको छ । कूल विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा १६ अर्ब ८४ करोड पुगेको छ । नेपाल सरकारको खर्च ६६७ अर्ब ६० करोड  र राजस्व परिचालन ५५९ अर्ब ६१ करोड रहेको छ । विस्तृत मुद्रा प्रदाय ३.९ प्रतिशतले बढेको छ भने वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्रा प्रदाय १०.२ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ३.७ प्रतिशतले र निजी क्षेत्रमा कर्जा प्रवाह ५.२ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा  निक्षेपको वृद्धिदर ९.९ प्रतिशत  र निजी  क्षेत्रमा प्रवाहित कर्जा वृद्धिदर ७ प्रतिशत रहेको जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij