Logo

Mar 14 2025 | २०८१, फागुन ३०गते

Mar 14 2025 | २०८१, फागुन ३०गते

images

उद्योगी व्यवसायीका समस्या बैंकरले बुझ्नु पर्छ : गभर्नर अधिकारी

उद्योगी व्यवसायीका समस्या बैंकरले बुझ्नु पर्छ : गभर्नर अधिकारी

  • काठमाडौँ । उद्योगी व्यवसायीका समस्या बैंकरले बुझ्नुपर्ने सुझाव दिइएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकरहरूलाई यस्तो सुझाव दिएका हुन् ।इकोनोमिक मिडिया सोसाइटी नेपालले आयोजना गरेको बैंकिङ क्षेत्रका समसामयिक विषयक अन्तरक्रिया कार्यक्रममा धारणा राख्दै गभर्नर अधिकारीले यस्तो बताए अधिकारीले बैंकिङ सिस्टमभित्र परेको समस्याका लागि मौद्रिक नीतिबाट नै कानुन निर्माण गर्ने काम भैरहेको बताउँदै  राष्ट्र बैंक भित्रबाट कानुन ड्राफ्टिङको काम राष्ट्र बैंकभित्रको टास्क फोर्सले गरिरहेको बताए । 

    बैंकिङ क्षेत्रमा परेको रिकोभरीको मुख्य समस्या मौद्रिक नीतिमा नै कानून बनाउने भनेको बताउँदै गभर्नरले त्यसपछि खराब कर्जालाई अर्को पकेटमा लैजान सजिलो हुने बताए ।  पूर्णरुपमा रिकभरी सम्भव नभएको बताउँदै गर्भनर अधिकारीले  एसेट म्यानेजमेन्ट कम्पनीका लागि कानून बनाउने काम भएको बताए । उनले भने ‘ मस्यौदा बनाइरहेका छौं । रिकभरीको समस्या स्लो डाउन अर्थतन्त्रसँग गासिएको छ । यो सुधार हुँदै जाँदा बैंकको रिकभरी पनि सुधार हुँदै जाने छ ।’

    बैंकहरुको एनपीए लेभल सधैँ माथि जान्छ भन्ने कुरो नभएको बताउँदै गभर्नर अधिकारीले ‘ क्रमशः सुधार हुन्छ भन्ने आशा छ  हामीलाई । यी सबै कुरा पोजेटिभ वेमा नै जानेछ । सुधार हुँदा बैंकहरुको नाफामा सकारात्मक प्रभाव पार्नेछ । बैंकिङ उद्योगमा परेको जुन दबाब हो, त्यसलाई व्यवस्थापन गरेर कन्सलटेसन वा विभिन्न इस्ट्रुमेण्ट प्रयोग गरेर बैंकहरुलाई राष्ट्र बैंकले स्टेबल बनाएको छ । ’
    साथै उनले सानोतिनो धक्काले नछुने बनाएको बताउँदै  त्यसलाई लिएर अघि बढ्नुपर्ने बताए । उनले भने ‘नेपालको बैंकिङ क्षेत्र बलियो भएकाले राम्रो मान्नुपर्छ । यो बेलामा बैंकहरुले काउन्सेलिङ, सहुलियत दिने र बैकले के गर्दा ग्राहकहरुलाई सहयोग पुग्छ । त्यो बैंकहरुले गर्नुपर्छ । बैंकिङ क्षेत्रको रोल अलिकति काउन्सिलिङ गर्ने आफ्ना ग्राहकहरुलाई सुविधा थपिदिने के भनिदिदाँ के गरिदिदाँ ग्राहकलाई सजिलो हुन जान्छ ।’

    यसबारे दृष्टान्त प्रस्तुत गर्दै गभर्नरले भने ‘ एउटा कस्टमर मानिलिउँ ४० वर्ष ५० वर्ष उद्यमी बनिसक्या मान्छे छ । उसको टेक्नीकल्ली तलमाथी भएको आधारमा ब्ल्याक लिष्ट भैदियो भने उसको सारा कुरा बन्द हुन्छ । उसले बैंकबाट ऋण लिएर यतिका वर्ष व्यवसाय संचालन गर्दै आइरहेको छ । अलिकति इकोनोमीमा परेको असर र आफ्नो फाइनान्सियल प्लानिङमा भएको कमजोरीको कारणले उ उद्यमीबाट बाहिर निस्किन सक्ने अवस्था आउन सक्छ । यस्तो बेलामा बैंकरको महत्वपूर्ण  रोल हुन्छ । होइन मेरो काम त लोन दिनु थियो दिए भन्ने होइन । ’ उनले व्यवसायीहरूको प्रवृतिबारे बताउँदै गभर्नरले भने ‘ हामीकहाँ व्यवसायीले प्लान वेमा काम गर्दैनन् । काम पाएपछि काम ग¥यो  हिड्यो गर्नेहरु हुन्छन् । बैंकहरुले अलिकति काउन्सिलिङ गरिदिने हो भने त्यो ऋणी बाच्न सक्छ ।’

    उनका अनुसार प्राविधिक रुपमा भएको कमजोरी हुँदा बैंकहरुले कालोसूचीमा राख्न हुँदैन । बैंकहरुले आफ्नो काम कर्जा दिने मात्रै हो । व्यवसायीहरुलाई परेको अफ्ठ्यारो बुझ्न सक्दैनौं भन्न मिल्दैन । बैंकहरुले ऋणलाई काउन्सिल गर्दा बाँच्न सक्छ । व्यवसायीको कारोबार बच्न सक्छ । हामीकहाँ आइपुगेको कम्प्लेन हेर्ने हो भने यही प्रकृतिका धेरै छन् । विशेषगरी बैंकर एशोसिएसनका साथीहरुलाई म भन्न चाहान्छु । फाइनान्सिएयल विषयमा मात्रै होइन । आफ्ना कर्मचारीहरुलाई काउन्सिलिङको काम पनि लगाउन आग्रह गरे । यसले धेरै सहयोग पुग्ने देखिन्छ ।

    विदेशी मुद्रा सञ्चिति र तरलताबारे उनले भने ‘ विदेशी मुद्रा सञ्चिति र बैंकहरुमा तरलता कम हुँदै जाने अवस्था देखिएको छ । पछिल्लो दुई महिना मंसिर र पुसमा आयात निर्यात राम्रोसँग बढेको छ । एभरेज भन्दा निकै माथि छ । विगत दुई वर्षको एभरेज आयात १ सय ३० अर्ब प्रतिमहिना हो भने अहिले पुस महिनामा मात्रै १ सय ६१ अर्ब आएको छ । यसभित्र केही न केही गतिविधिहरु बढ्न खाजेको छ । निर्यात भित्र पनि क्यापिटल गुड्सहरु आइरहेको छ भने भोलिलाई फिक्स क्यापिटल फरमेसनमा सहयोग पु¥याउँछ ।’

    उनका अनुसार दीर्घकालीन रुपमा मुलुकको आर्थिक विकासमा सहयोग पुग्छ । केही मात्रामा त्यस्ता खालका वस्तुहरु निर्यात भएको देखिन्छ । पाम आयलले निर्यातमा वृद्धि भएकाले पनि निर्यात वृद्धि भएको देखिन्छ । केही चाहीँ  पाम आयल, भटमासको तेल सोयबिनको तेल पनि आयात तथा निर्यात वृद्धि भएको देखिन्छ । बिस्तारै अर्थतन्त्रमा देखिएको स्लो डाउन कम हुँदै जाने आशा गर्नसकिन्छ ।  निर्माण क्षेत्रमा देखिएका समस्या समाधानको लागि मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले हदैसम्म गरेको हो । त्यसले केही राहत निर्माण व्यवसायीहरुलाई भयो तर पनि भुक्तानीको विषय अहिले पनि भइरहेको छ । सरकारको खर्च गर्ने संयन्त्रमा जुन खालको कमजोरी छ त्यो अहिलेसम्म पनि कायम छ । आर्थिक वर्षको अन्तिममा खर्च हुने प्रवृत्ति अहिले पनि छ । त्यसलाई हामीले बढाउन आवश्यक छ ।

     

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij