काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले ३ लाख २० हजार ५३३ दशमलव २२ कित्ता हकप्रद शेयर लिलामीमा ल्याएको छ । कम्पनीले मंसिर ११ गतेदेखि पुस १६ गतेसम्म ६२ दशमलव ५६ प्रतिशत हकप्रद शेयर निष्कासन गर्दा वितरण हुन नसकेको उल्लेखित कित्ता हकप्रद शेयर माघ २० गतेदेखि लिलामीमा ल्याएको हो ।
कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा ९६ लाख ३१ हजार २२० दशमलव २२ कित्ता हकप्रद शेयर निष्कासन गरेकोमा उल्लेखित कित्ता शेयर भने वितरण हुन नसकेको हो । कुल कित्ता अवितरित हकप्रद शेयरमध्ये संथापकतर्फ २९ हजार ९७७ दशमलव ३१ कित्ता र सर्वसाधारणतर्फ २ लाख ९० हजार ५५५ दशमलव ९१ कित्ता रहेको जानकारी कम्पनीले दिएको छ ।
यी शेयर खरीदका लागि इच्छुक खरीदकर्ताहरूले माघ २७ गतेभित्र आवेदन पेश गर्न सक्नेछन् ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij