काठमाडौं । बेलायती राजकुमार एडवार्डकी पत्नी सोफिया काठमाडौं आइपुगेकी छन् । उनको विमान बिहान त्रिभुवन विमानस्थलमा अवतरण गरेको हो ।परराष्ट्र मन्त्रालयका अधिकारी र नेपालस्थित बेलायतको दूतावासका कर्मचारीहरुले उनलाई विमानस्थलमा स्वागत गरेका थिए । एयरपोर्टबाट उनी लैनचौरस्थित बेलायती दूतावास गएकी छन् ।
राजकुमार एडवार्डको विमान केही समयपछि काठमाडौंमा अवतरण हुनेछन् । काठमाडौं आएपछि उनीहरू दुवैजना दिउँसो पौने ४ बजे शीतल निवास राष्ट्रपतिसँग भेट्न प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।सम्बद्ध स्रोतका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरी पुनः लैनचौर फिर्ता आउने कार्यक्रम रहेको छ ।
६ दिनसम्म नेपाल भ्रमणमा रहने बेलायती राजकुमार दम्पती माघ २७ साँझ स्वदेश फिर्ता हुने जनाइएको छ ।नेपाल बसाइँको क्रममा क्रममा उनीहरु पोखराको ब्रिटिश गोर्खा क्याम्पमा पनि जाने छन् । बेलायती सञ्चार माध्यमका अनुसार उनीहरुले त्यहाँ हालै बेलायती सेनामा छनोट भएकाहरुको ब्याज वितरण परेडमा पनि सहभागी हुनेछन् । यो दिन बेलायती सेनामा नवनियुक्त नेपाली जवानहरुलाई औपचारिक रूपमा बेलायती सेनामा भर्ना भएको चिन्ह लगाइने कार्यक्रम पनि रहेको छ ।
निजी भ्रमणका क्रममा उनीहरु नेपाली सेनाको हेलिकप्टरबाट अन्नपूर्ण हिमशृंखला नियाल्न जाने तालिका समेत समावेश रहेकोे छ ।
नेपाल बसाइको क्रममा, एडिनबर्गहरूले स्वास्थ्य सेवा र बेचबिखन र लैगिक हिंसाबाट बचेकाहरूलाई सहयोग प्रदान गर्ने संस्थाहरूलाई पनि भेट्नेछन् । सोफी संयुक्त राष्ट्रको महिला, शान्ति र सुरक्षा एजेन्डाकी च्याम्पियन हुन् र अक्टोबरमा, माल्टाको यात्राको क्रममा, माल्टाको पुलिस बल र मानव अधिकार निर्देशनालयका सदस्यहरूसँग मानव बेचबिखनका पीडितहरूलाई सहयोग गर्ने बारे छलफलमा भाग लिएकी थिइन् । यो भ्रमण नेपाल बेलायतबीचको सम्बन्धमा थप ऊर्जा प्राप्त हुने विश्लेषकहरूले विश्वास व्यक्त गरेका छन् ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij