Logo

Feb 05 2025 | २०८१, माघ २३गते

Feb 05 2025 | २०८१, माघ २३गते

images

विश्व क्यान्सर दिवसका अवसरमा ‘वाकाथुन’

विश्व क्यान्सर दिवसका अवसरमा ‘वाकाथुन’

  • नारायणगढ (चितवन) । विश्व क्यान्सर दिवसका अवसरमा आज चितवनको भरतपुरमा रहेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले ‘वाकाथुन’ कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा अस्पतालमा कार्यरत चिकित्सक एवं कर्मचारी तथा यससँग सरोकार राख्ने सयौँको सङ्ख्यामा सहभागिता रहेको थियो । बिहान अस्पताल परिसर १ नं गेटबाट कार्यक्रम सुरु गरी बुद्घचोक, कटहर चोक, पीपलचोक र अस्पतालको २ नं गेट हुँदै पुनः अस्पताल परिसरमा आएर सम्पन्न भएको हो । अस्पतालका निर्देशक डा शिवजी पौडेलले फेब्रुअरी ४ का दिन अस्पतालले विश्व क्यान्सर दिवसको अवसर पारेर बिहान अस्पतालबाट वाकाथुन कार्यक्रम गरी दिवस मनाउन सुरु गरिएको जानकारी दिनुभयो ।

    images

    उहाँले सन् २०२५ को नारा ‘युनाइटेड वाई युनिक’ भिन्नतामा एकता रहेको उल्लेख गर्दै बिरामीको भिन्न चरित्रसँग भिजेर चिकित्सक एवं स्वास्थ्यमर्कीले यसको उपचार गर्नुपर्ने बताउनुभयो । बिरामीको आर्थिक, सामाजिक, मनोवैज्ञानिक भावना चिकित्सकले बुझेर उपचार गर्दा सेवामा चुस्त–दुरुस्त हुने उहाँको भनाइ थियो । डा पौडेलले अस्पतालले आज विभिन्न कार्यक्रम गरी विश्व क्यान्सर दिवस मनाउने बताउनुभयो । बिहानको वाकाथुनपछि, दिउँसो क्यान्सर विजेता तथा बिरामी एवं आफन्तसँगको अन्तरक्रियालगायत क्यान्सरविरुद्धका विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइने उहाँले जानकारी दिनुभयो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij