काठमाडौँ । यात्रुले आफै बटन थिचेर बाटो काट्न पाउने ट्रफिक लाइट काठमाडौँमा जडान गर्न थालिएको छ ।काठमाडौँ महानगरपालिकाले यस्तो ट्रफिक लाइट ल्याएर जडान गर्न थालेको हो ।काठमाडौंको बागबजारस्थित पद्मकन्या बहुमुखी क्याम्पस अगाडिको सडकमा पैदल यात्रुले आफैँले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधि सञ्चालनमा आएको छ । बुधबारदेखि पद्मकन्या अगाडिको सडकमा काठमाडौं महानगरपालिकाले पेलिकन क्रसिङ सञ्चालनमा ल्याएको जनाएको हो ।
पैदल यात्रुको सुरक्षालाई ध्यान दिएर काठमाडौं महानगरले अहिलेसम्म ३६ ठाउँमा पेलिकन क्रसिङ सञ्चालनमा ल्याइएको छ । काठमाडौं महानगरपालिकाका ट्राफिक विज्ञ सल्लाहकार जगतमान श्रेष्ठले जनाए अनुसार सडक दुर्घटना न्युनीकरण र यात्रुको सुरक्षाका लागि उक्त प्रविधिको अवधारणा ल्याइएको छ । पेलिकन क्रसिङ गर्दा यात्रुले बटन थिच्ने बित्तिकै केही समयका लागि सवारीसाधन रोकिनेछन् र यात्रुले ढुक्कका साथ क्रस गर्न सक्नेछन् । यात्रुको सुरक्षालाई ध्यान दिएर महानगरपालिकाले अन्य ठाउँहरु समेत ट्राफिक लाइट बाल्ने प्रविधि शुरु गर्न लागेको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij