काठमाडौँ । आज बुधबार पनि शेयर बजार ओरालो लागेको छ । बुधबार ४.४५ बिन्दुले घटेर नेप्से परिसूचक २७११.४५ बिन्दुमा अडिएको छ । नेप्सेले ०.१६ प्रतिशतको गिरावट दर्शाइरहेका बेला कुल ८ अर्ब ९५ करोड ८० लाख ७ हजार ३ सय ५ रुपैयाँ ३७ पैसा बराबरको कारोबार भएको हो ।
आज करिब ४ करोड बढीको कारोबार भएको हो । आज हिजोको भन्दा बढी कित्ता शेयरको खरिद बिक्री भएको हो । बुधबार १ करोड ९१ लख ८१ ह्जार ४ सय १४ कित्ता शेयरको कारोबार भयो । मंगलबार १ करोड ६९ लाख १७ हजार ८ सय ३५ कित्ता शेयरको कारोबार भएको थियो । हिजो कुल कारोबार ८ अर्ब ९१ करोड ९६ लाख ७ हजार ७७ रुपैयाँ ३६ पैसा बराबरको कारोबार भएको थियो ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij