Logo

Nov 09 2025 | २०८२, कात्तिक २३गते

Nov 09 2025 | २०८२, कात्तिक २३गते

images

हिमालयन लाइफ इन्सुरेन्सको खुद नाफा ८.७३ प्रतिशतले बढ्यो

हिमालयन लाइफ इन्सुरेन्सको खुद नाफा ८.७३ प्रतिशतले बढ्यो

  • काठमाडौं । हिमालयन लाइफ इन्सुरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ३७ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको यसै अवधिको तुलनामा ८.७३ प्रतिशतले धेरै हो । गत वर्ष यसले ३४ करोड ६० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । 

    कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी पनि ६.९१ प्रतिशतले बढेर २ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ । कुल आम्दानी ११.२५ प्रतिशतले बढेर १२ अर्ब २१ करोड रुपैयाँ पुगेको छ । 
    हाल यस इन्सुरेन्सको चुक्ता पुँजी ८ अर्ब २ करोड ३ लाख ८३ हजार रुपैयाँ रहेको छ । रिटेन्ड अर्निङमा २ अर्ब १३ करोड रुपैयाँ रहेको छ । यसको प्रतिसेयर आम्दानी पनि ०.७५ पैसाले बढेर ९.३८ रुपैयाँ कायम भएको छ ।

     

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij