
काठमाडौं । नागरिक लगानी कोषले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ६२ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसैअवधिको तुलनामा १३.९७ प्रतिशत धेरै हो । गत वर्ष यस कम्पनीले ५४ करोड ६० लाख रुपैयाँ नाफा कमाएको थियो ।
खुद ब्याज आम्दानी भने २२ करोड ९५ लाखबाट घटेर १९ करोड ३३ लाख रुपैयाँ कायम भएको छ । कोषले सेवा तथा कमिसनबाट ८१ करोड १ लाख रुपैयाँ आम्दानी गरेको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij