Logo

Feb 06 2025 | २०८१, माघ २४गते

Feb 06 2025 | २०८१, माघ २४गते

images

आज बिहीबार पनि शेयर बजारमा गिरावट , ११.६४ बिन्दुले नेप्से परिसूचक २७०० बिन्दु तल झरेर घट्दा कारोबार बढेर ९ अर्ब २४ करोड बढी

आज बिहीबार पनि शेयर बजारमा गिरावट , ११.६४ बिन्दुले नेप्से परिसूचक २७०० बिन्दु तल झरेर घट्दा कारोबार बढेर ९ अर्ब २४ करोड बढी

  • काठमाडौँ । आज बिहीबार  पनि शेयर बजार ओरालो लागेर २७०० बिन्दु तल झरेको छ । बिहीबार ११.६४ बिन्दुले झरेर २६९९.८१  बिन्दुमा अडकिएको हो । आजको कारोबार  भने बढेर ९ अर्ब बढी भएको छ । मंगलबार शेयर बजार घट्दाको कारोबार भन्दा  हिजो बुधबारको कारोबार नेप्से परिसूचक घटेपनि कारोबार बढेको थियो । बिहीबार पनि कारोबार बढेर ९ अर्ब २४ करोड  ७३ लाख ७५ हजार  २सय ८७ रुपैया २७ पैसा बराबरको कारोबार भएको हो ।

    images

     हिजो बुधबार ४.४५ बिन्दुले घटेर नेप्से परिसूचक २७११.४५ बिन्दुमा अडिएको थियो  । नेप्सेले ०.१६ प्रतिशतको गिरावट दर्शाइरहेका  बेला कुल ८ अर्ब ९५ करोड ८० लाख ७ हजार ३ सय ५ रुपैयाँ ३७ पैसा बराबरको कारोबार भएको थियो ।आज करिब ३०  करोड बढीको कारोबार भएको हो । आज हिजोको भन्दा कम  कित्ता शेयरको खरिद बिक्री भएको हो । बिहीबार १ करोड ८६ लाख ८० हजार ३ सय ९२ कित्ता शेयरको कारोबार भएको छ । बुधबार १ करोड ९१ लख ८१ हजार ४ सय १४ कित्ता शेयरको कारोबार भएको थियो । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij